आज पनि कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं, १२ पुस । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज शनिबार पनि बस्ने भएको छ । केही दिन यता लगातार बसिरहेको बैठक शनिबार पनि हुन लागेको हो ।शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बैठक बसेको र नेताहरुले धारणा राख्ने काम भएको कांग्रेसले जनाएको छ ।महाधिवेशनको तयारी र निर्वाचनबारे बैठकमा छलफल चलिरहेको छ । आज पनि बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति