अटो र जीप ठोक्किँदा एकजनाको मृत्यु, एकको अवस्था गम्भीर

काठमाडौं, १२ पुस । डडेल्धुराको आलितालमा अटो र जीप ठोक्किँदा एकजनाको मृत्यु भएको छ। एकजनाको अवस्था गम्भीर छ।दुर्घटनामा अटोमा रहेका परशुराम नगरपालिका १० जोजला बस्ने २६ वर्षीय रामबहादुर बराल मगरको मृत्यु भएका हो। शुक्रबार बेलुकी करिब ८स्४० बजेतिर विपरीत दिशाबाट आइरहेको म १ च ४४१ नम्बरको जीप र बुडरबाट जोगबुडा जाँदै गरेको भि.न.पा. ००१ ह ०४०८ नम्बरको अटो आलिताल- ४ जाल्टुडामा ठोक्किएको प्रहरीले जनाएको छ।अटोमै रहेकी अछामको पञ्चदेवल नगरपालिका– ३ बस्ने २१ वर्षीया सबिता थापामगरको अवस्था गम्भीर छ। जोगबुडा अस्पतालबाट रेफर गरेर धनगढी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अटो चालक गोपाल मगर फरार छन्। जीप चालकलाई भने नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति