रवि–बालेनबीच हुने भनिएको सम्झौता आज नहुने

काठमाडौं, ११ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति भोलि शनिवार लाई सरेको छ। सैद्धान्तिक कुरामा अझै गृहकार्यको आवश्यकता रहेको भन्दै शुक्रबार हुने भनिएको सहमति शनिबारलाई सारिएको स्रोतले जानकारी दिएको छ। दुई पक्षबीच हुने सम्झौता पत्रको मस्यौदा अन्तिम चरणमा छ। केही सैद्धान्तिक विषयमा अझै छलफल आवश्यक देखिएको छ। सम्भवतः शनिबार त्यसले मूर्त रूप लिनेछ,ु स्रोतले भन्यो। बिहीबार भएको दुई पक्षबीचको छलफलले प्रधानमन्त्रीमा बालेनलाई अघि सार्ने सहमति भएको थियो। सभापति लामिछानेले बालेनलाई प्रधानमन्त्रीको रूपमा स्वीकार्ने र बालेनले लामिछानेलाई सभापतिको रूपमा स्वीकार्ने सहमति भएको स्रोतको भनाइ छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति