९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, ११ पुस । सरकारले विभिन्न जिल्लाका ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए । थप गरिएका इलाका प्रशासन कार्यालयहरूमा ताप्लेजुङको श्रीचंघा, डोल्पाको धो, मुगुको खत्याग, कालीकोटको रास्कोट, बाजुराको कोल्टी, डोटीको विपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेघौली र सङ्खुवासभाको हिदाङगढी रहेका छन् ।
गृह मन्त्रालय अन्तर्गतको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने गरी मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति