काठमाडौं, ११ पुस । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले २१ फागुनको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सरकारले सबैखाले उल्झन हटाउने बताएका छन् ।नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग गुण्डुस्थित निवासमा दुई घण्टा छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खरलले निर्वाचनको वातावरण बनाउन सरकारले सबैखाले उल्झन हटाउने बताए ।निर्वाचनको मिति नजिक आइसकेका बेला पनि सरकारले आफूलाई स्थानहद कायम राखेको भन्दै एमाले अध्यक्षले धारणा राख्दै आएको विषय सञ्चारकर्मीले मन्त्री खरेललाई सोधेका थिए ।जवाफमा सरकारका प्रवक्ता खरेलले भने, ‘निर्वाचन महोत्सव हो । महायज्ञ हो । यो लक्ष्य प्राप्तिका लागि हाम्रा आसपासमा केही अल्झन छन्, चुनौती छन्, केही कुरा सहज बनाउनु छ भने निर्वाचनको गन्तव्यमा पुग्नका लागि सरकारले त्यो वातावरण बनाउनुपर्छ, बनाउँदै अघि बढ्छ ।’
ओलीको स्थानहदबारे सरकारको जवाफ : चुनावका लागि सबै उल्झन हटाइन्छ
प्रतिक्रिया