देउवाले सञ्चारमन्त्री खरेललाई भने– सरकारले निर्वाचनको वातावरण छिटो बनाओस्

काठमाडौं, ११ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई निर्वाचनको वातावरण बनाउन सुझाव दिएका छन् ।आज बिहान आफ्नो निवासमा भेट्न आएका सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता जगदिश खरेललाई देउवाले सो सुझाव दिएका हुन् ।

‘सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाइसकेको छैन, छिटो बनाओस्’ देउवाको भनाइ उद्धृत गर्दै उनको सचिवालय सदस्यले भने ।संसद पुनर्स्थापनाको माग गर्दै केही सांसदहरुले सर्वोच्चमा रिट दायर गरे पनि कांग्रेसको आधिकारिक निर्णय निर्वाचन नै भएको जानकारी गराएका थिए ।

खरेलले कांग्रेस सभापति देउवापछि आजै एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डलाई पनि भेट्दैछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति