राष्ट्रिय सभा निर्वाचनको अंक गणित र सवै प्रदेशको मतभार यस्तो छ (तालिकामा विस्तृत)

काठमाडौं, ९ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली टुङ्गो लगाएको छ। फागुन २० गतेदेखि ६ वर्षे कार्यकाल पूरा गरी बिदा हुन लागेका १९ जना सदस्यको स्थानमा यो निर्वाचन हुँदैछ। यसमा १८ जना सातै प्रदेशबाट निर्वाचित हुनेछन् भने १ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्।
आयोगका अनुसार कुल २,०४३ जना मतदाता रहेका छन्। जसमा ५४५ जना प्रदेश सभा सदस्य र १,४९८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख छन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ कायम गरिएको छ।
देशभर प्रदेश सभा सदस्यहरूको कुल मतभार २८,८८५ र स्थानीय तह पदाधिकारीहरूको २८,४६२ गरी जम्मा मतभार ५७,३४७ रहेको छ। यस निर्वाचनमा यही मतभारका आधारमा प्रतिस्पर्धा हुनेछ।

कुल जनसंख्यालाई प्रदेश सभाका कुल सदस्यले भाग गरेर प्रदेश सभाको मतभार लिइन्छ र त्यसलाई पुन: एक हजारले भाग गर्दा आउने भागफल एक प्रदेश सांसदको मतभार हुन्छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । कुल जनसंख्यालाई ५५० ले भाग गर्दा ५३०२६.५० हुन्छ । यसलाई पुन: १००० ले भाग गर्दा ५३.२६ आउँछ । यसरी एक प्रदेश सांसदको मतभार ५३ तय भएको हो ।

प्रदेशगत मतदाता संख्या र मतभारको तालिका

नेपालमा कुल ७५३ स्थानीय तह छन्, जसमा प्रत्येकमा १ अध्यक्ष/मेयर र १ उपाध्यक्ष/उपमेयर निर्वाचित हुन्छन्। यसैले कुल ७५३ अध्यक्ष७५३ उपाध्यक्ष छन् (दुवैलाई मतदानमा अलग-अलग मतदान गरिन्छ)।

प्रदेश सभा सदस्यको कुल संख्या ५५० छ (६०% प्रत्यक्ष + ४०% समानुपातिक)।

प्रदेशगत विवरण तालिका

प्रदेशप्रदेश सभा कुल सदस्यस्थानीय तह संख्याअध्यक्ष/मेयर संख्याउपाध्यक्ष/उपमेयर संख्या
कोशी प्रदेश९३१३७१३७१३७
मधेश प्रदेश१०७१३६१३६१३६
बागमती प्रदेश११०११९११९११९
गण्डकी प्रदेश६०८५८५८५
लुम्बिनी प्रदेश८७१०९१०९१०९
कर्णाली प्रदेश४०७९७९७९
सुदूरपश्चिम प्रदेश५३८८८८८८
जम्मा५५०७५३७५३७५३

राष्ट्रिय सभा निर्वाचन : प्रदेशगत दलहरूको मतभार तालिका

गण्डकी प्रदेशमा दलगत मतभार

दलप्रदेश (सांसद संख्या)स्थानीय तह (प्रमुख/उपप्रमुख)कुल मतभार
कांग्रेस२७६७२७०४
एमाले२२६८२४५८
माओवादी३०९९४
राप्रपा१०६
एकीकृत समाजवादी१९
नेपाल समाजवादी पार्टी५३
राष्ट्रिय जनमोर्चा५७
स्वतन्त्र१९
जम्मा६० (मतभार ३१८०)

मधेश प्रदेशमा दलगत मतभार

दलप्रदेश (सांसद संख्या)स्थानीय तह (प्रमुख/उपप्रमुख)कुल मतभार
एमाले२५५७२४०८
कांग्रेस२२१०२३१०४
जसपा नेपाल१९५११९२३
जनमत१३७४६
लोसपा२४९३३
माओवादी१८७६६
एकीकृत समाजवादी११५८०
नाउपा५३
राप्रपा५३
संघीय समाजवादी५३
तमलोपा१९
विवेकशील साझा पार्टी३८
स्वतन्त्र५७
जम्मा१०७ (मतभार ५६७१)२७२ (मतभार ५१६८)१०८३९

बागमती प्रदेशमा दलगत मतभार

दलप्रदेश (सांसद संख्या)स्थानीय तह (प्रमुख/उपप्रमुख)कुल मतभार
कांग्रेस३७१०८४०१३
एमाले२७६०२५७१
माओवादी२१५७२१९६
एकीकृत समाजवादी५४२
राप्रपा१३७०८
हाम्रो नेपाली पार्टी१०६
नेमकिपा१९७
स्वतन्त्र१९
जम्मा११० (मतभार ५८३०)२३८ (मतभार ४५२२)१०३५२

सुदूरपश्चिम प्रदेशमा दलगत मतभार

दलप्रदेश (सांसद संख्या)स्थानीय तह (प्रमुख/उपप्रमुख)कुल मतभार
कांग्रेस१८८६२५८८
माओवादी केन्द्र११२५१०५८
एमाले११५०१५३३
एकीकृत समाजवादी३०७
नाउपा५०४
राप्रपा५३
स्वतन्त्र११०
जम्मा५३ (मतभार २८०९)१७६ (मतभार ३३३४)६१५३

कोशी प्रदेशमा दलगत मतभार

दलप्रदेश (सांसद संख्या)स्थानीय तह (प्रमुख/उपप्रमुख)कुल मतभार
एमाले४०११०४२१०
कांग्रेस२९११५३७२२
माओवादी१३३११२७९*
एकीकृत समाजवादी३४५
जनता समाजवादी पार्टी नेपाल१२९
राप्रपा७६
स्वतन्त्र५७
जम्मा९३ (मतभार ४९२९)२७४ (मतभार ५२०६)१०१३५

लुम्बिनी प्रदेशमा दलगत मतभार

दलप्रदेश (सांसद संख्या)स्थानीय तह (प्रमुख/उपप्रमुख)कुल मतभार
एमाले२९६७२८१०
कांग्रेस२७९२३१७९
नेपाली कम्युनिस्ट पार्टी१२४०१३९६
राप्रपा२६९
नाउपा२१२
जसपा१६७
जसपा नेपाल५३
लोसपा२३५
जनमत१५९
राजमो१२९
जनता प्रगतिशील पार्टी३८
स्वतन्त्र५३
जम्मा८७ (मतभार ४६११)२१८ (मतभार ४१४२)८७५३

कर्णाली प्रदेशमा दलगत मतभार

दलप्रदेश (सांसद संख्या)स्थानीय तह (प्रमुख/उपप्रमुख)कुल मतभार
कांग्रेस१४५९१८६३
माओवादी१३४८१६०१
एमाले१०३५११९५
एकीकृत समाजवादी१०२४३
राप्रपा५३
स्वतन्त्र१६७
जम्मा४० (मतभार २१२०)१५८ (मतभार ३००२)५१२२

नोट : मधेश प्रदेशमा सबैभन्दा बढी मतभार रहेको छ भने कर्णालीमा सबैभन्दा कम। बागमतीमा प्रदेश सभा सदस्यको संख्या बढी भएकाले मतभार उच्च छ।

प्रदेशगत निर्वाचित हुने सदस्य संख्या र क्लस्टर विवरण

यस निर्वाचनमा कुल १९ पद रिक्त हुँदैछन्। क्लस्टरअनुसार :

  • महिला : ७ जना
  • दलित : २ जना
  • अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक : २ जना
  • अन्य : ८ जना (मनोनीत १ सहित)
प्रदेशनिर्वाचित संख्यामहिलादलितअपाङ्गता/अल्पसङ्ख्यकअन्य
मधेश प्रदेश
कोशी प्रदेश
लुम्बिनी प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
मनोनीत
जम्मा१९

फागुन २० मा बिदा हुने सदस्यहरूको दलगत विवरण

१९ जना बिदा हुनेमा :

  • नेकपा (सबैभन्दा बढी) : ९ जना
  • नेकपा (एमाले) : ८ जना
  • जनता समाजवादी पार्टी (जसपा) : १ जना
  • लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) : १ जना

बिदा हुने प्रमुख सदस्यहरू :

  • नेकपाबाट : नारायणकाजी श्रेष्ठ, बामदेव गौतम, डा. बेदुराम भुसाल, गोपीबहादुर अछामी, मायाप्रसाद शर्मा, गंगाकुमारी बेलबासे, राधेश्याम पासवान, जगप्रसाद शर्मा, तारामान स्वाँर।
  • एमालेबाट : विमला घिमिरे, गोपाल भट्टराई, देवेन्द्र दाहाल, भगवती न्यौपाने, इन्द्राकुमारी गौतम, तुलसाकुमारी दाहाल, सुमित्रा बिसी, शारदादेवी भट्ट।
  • जसपाबाट : मृगेन्द्रकुमारसिंह यादव।
  • लोसपाबाट : शेखरकुमार सिंह।

निर्वाचन आयोगले मतदाता नामावली टुङ्ग्याएसँगै सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरी प्रक्रिया अघि बढाएको छ।

प्रदेशगत मतदाता तथा निर्वाचित सिट संख्या तालिका

प्रदेशकुल मतदाताप्रदेश सभा सदस्यस्थानीय तह प्रमुख/उपप्रमुखनिर्वाचित सिट संख्या
कोशी प्रदेश३६७९३२७४
मधेश प्रदेश(अनुमानित ३७९)१०७२७२
बागमती प्रदेश३४८११०२३८
गण्डकी प्रदेश(अनुमानित २३०)६०१७०
लुम्बिनी प्रदेश३०५८७२१८
कर्णाली प्रदेश१९८४०१५८
सुदूरपश्चिम प्रदेश(अनुमानित २२९)५३१७६
जम्मा२,०५६५५०१,५०६१८

प्रदेशगत दलहरूको मुख्य स्थिति तथा मतभार क्रम तालिका

प्रदेशपहिलो दल (बलियो)दोस्रो दलतेस्रो दल / टिप्पणी
कोशी प्रदेशनेकपा (एमाले)नेपाली कांग्रेसनेकपा (माओवादी + एकीकृत समाजवादी) निकै पछि
मधेश प्रदेशनेपाली कांग्रेसनेकपा (एमाले)जसपा नेपाल तेस्रो; गठबन्धन अनिवार्य (जनमत, लोसपा निर्णायक)
बागमती प्रदेशनेपाली कांग्रेसनेकपा / एमाले (उस्तै–उस्तै)नेकपा र एमाले मतभार हाराहारी
गण्डकी प्रदेशनेपाली कांग्रेसनेकपा (एमाले)नेकपा निकै पछि, प्रतिस्पर्धामा मुस्किल
लुम्बिनी प्रदेशनेपाली कांग्रेसनेकपा (एमाले)नेकपा निकै पछि
कर्णाली प्रदेशनेपाली कांग्रेस / नेकपा (हाराहारी)नेकपा (एमाले)तीन दल हाराहारी; स्वतन्त्र निर्णायक बन्न सक्छ
सुदूरपश्चिम प्रदेशनेपाली कांग्रेसनेकपा (एमाले)नेकपा तेस्रो; कांग्रेस स्पष्ट अगाडि

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति