निर्वाचन बिथोल्ने हर्कत नगर्न प्रचण्डको खबरदारी, ‘हामी चुप बस्दैनौं'(फोटोफिचर सहित विस्तृतमा)

काठमाडौं ५ पुस । नेपाली कम्युनिस्ट पार्टी का संयोजक निर्वाचन बिथोल्ने काम नगर्न चेनावती दिएका छन्।

प्रचण्डले निर्वाचन नै सहज विकल्प भएको बताए। ‘फागुन २१ को निर्वाचन फागुन २१ मै हुनुपर्छ। निर्वाचन नै अब देशको सबभन्दा सहज बाटो हो,’ प्रचण्डले भने, ‘निर्वाचन बिथोल्ने काम कसैले नगरोस्।’

पूर्वदेखि पश्चिमसम्म एकता सन्देश सभाका क्रममा जनता पनि निर्वाचनका लागि तयार भइरहेको पाएको उनको भनाइ थियो। राजनीतिक दल पनि निर्वाचनको तयारीमा जुटिरहेको उनले बताए।

प्रचण्डले भने, ‘सरकारलाई हामी भन्न चाहन्छौं, तपाईंहरू कुनै तर्क र बाहनामा निर्वाचन सार्ने दुस्साहस नगर्नुहोला ।’

प्रचण्डले कुनै पनि तर्क र बाहनामा निर्वाचन सार्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

यदी निर्वाचन सार्ने काम भयो भने आफूहरू चुप लागेर नबस्ने पनि उनको अर्को चेतावनी छ ।

पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले फेरि चुनाव सार्न खोज्दा संविधान मिचिने जिकिर गरे ।

‘हामी त अहिले यो देशलाई संकटबाट बचाउने, संकटबाट मुक्त गर्ने उद्देश्यका साथ यो तागत एकीकृत गरेका छौं । हामीले भनेका छौं, सहज ढंगले निर्वाचन सम्पन्न होस्,’ प्रचण्डले भने, ‘सरकारलाई हामी भन्न चाहन्छौं, तपाईंहरू कुनै तर्क र बाहनामा निर्वाचन सार्ने दुस्साहस नगर्नुहोला ।’

यसअघि केही हदसम्म संविधान मिच्ने काम भएको तर देशको अवस्थालाई हेरेर आफूहरू चुपचाप सहयोग गरेर अघि बढेको उनको भनाइ छ ।

‘यदी तपाईंहरूले संविधान बार बार मिच्ने कोशिस, एकचोटी त मिचिइसकेको छ केही हदसम्म । तर त्यसमा हामीले देशको असहज अवस्थालाई हेरेर देशमा अन्तरिम सरकार बनाउन पहल गरेकै हो । तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, धकेल्ने काम गरियो भने फेरि संविधान मिचिन्छ,’ प्रचण्डले भने, ‘यदी त्यसो गरियो भने हामी चुप लागेर बस्ने छैनौं । केही अहंकारी र दम्भीहरूले प्रतिशोधबाहेक केही नदेख्नेले विभिन्न धम्कीको भाषा बोल्ने गरेका छन् । म आज धम्कीको भाषा बोल्न चाहन्नँ, शान्तिपूर्ण तरिकाले निर्वाचन गरियोस् ।’

खुलामञ्च खुला गरियोस्, देशकै लज्जा भयो:बालेन–हर्क कुरा बुझ

उनले ६ महिना, एक वर्ष निर्वाचनको मिति सार्ने हल्ला आफूले सुनेको पनि बताए ।

‘सरकारले यो कुरालाई नजरअन्दाज गरेर ६ महिना समय थप्ने, एक वर्ष थप्ने हल्ला पनि सुनाउँछन् कोही कोहीले त्यो गर्‍यो भने देश फेरि दुर्घटनामा पर्छ । तर अबको दुर्घटनाको बेलामा नेपाली कम्युनिस्ट पार्टी रमिते हुने छैन,’ उनले भने ।

बालेन–हर्क कुरा बुझ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँका मेयर बालेन साह र धरानका मेयर हर्क साम्पाङलाई सहिदको रगतको मूल्य बुझ्न आग्रह गरेका छन्।
उनले लोकतन्त्र ल्याउन गरिएको त्याग स्मरण गर्न बालेन र हर्कलाई सचेत गराएका हुन्। ‘म बालेन र हर्क साम्पाङलाई भन्न चाहन्छु, हामीले ल्याएको लोकतन्त्रमै फुलेको फूल हो तपाईंहरू,’ प्रचण्डले भने।

प्रचण्डले काठमाडौं महानगरपालिका मेयर बालेन शाह र धरान उपमहानगरपालिकाका मेयरलाई आफूले लोकतन्त्रमा फुकेको फूल भनेको स्मरण गरेका छन्।

काठमाडौंमा आयोजित पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै आफूले फूल भनेपनि विस्तारै काँडा बन्दै गइरहेको टिप्पणी गरे।

उनले भने, ‘मैले हाम्रो लोकतन्त्रको फूल भनेको तपाईंहरुलाई, अहिले तपाईँ फूलहरू त, विस्तारै काँड काँडाको हुने हो कि भनेको जस्तो…। बुझ्नुस् इतिहास, आन्दोलन र शहीदको रगत।’

संसदमा बोल्दा पनि उनीहरूलाई सम्झाएको र अझै पनि लोकतन्त्रका पक्षमा लड्न आग्रह गर्न चाहेको उनको भनाइ थियो। उनले भने, ‘फेरि पनि बालेन र हर्क साम्पाङलाई भन्छु– हाम्रो रगत र पसिनाको मूल्य बुझ्नुहोस्, सहिदको रगतको मूल्य बुझ्नुहोस्।’

एमाले भित्रभित्रै चुनावको तयारीमा
नेकपा एमालेका नेताहरूले बाहिर संसद् पुनर्स्थापनाको माग गरे पनि भित्रभित्रै चुनावी तयारी गरिरहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्कमल दाहाल प्रचण्डले बताएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा शनिबार नेकपाले आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले फागुन २१ मै प्रतिनिधि सभाको चुनाव गर्नुपर्ने बताए। त्यसका लागि जनता र राजनीतिक दल तयारीमा लागिसकेको उनको भनाइ थियो।

नेकपाको एकता सन्देश सभाका क्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्दा आफूले जनता र नेता चुनावको तयारीमा लागेको पाएको बताए। नेकपासहित प्रमुख राजनीतिक दल पनि चुनावी तयारीमा लागिसकेको उनको भनाइ थियो।

संसद् पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा परेका मुद्दालाई लिएर चुनाव नहुने हो कि भन्ने चिन्ता नगर्न आग्रह गर्दै प्रचण्डले भने, ‘नेपाली कांग्रेसको संस्थागत निर्णय चुनावमा जाने नै छ। हामीले त सुरुदेखि नै चुनावको विकल्प छैन भनेका छौं।’

एमाले पनि चुनावी तयारीमा लागिरहेको उनले सुनाए। संसद् पुनर्स्थापनाका लागि सर्वोच्चमा मुद्दा हाले पनि एमाले चुनावी तयारीमा जुटेको बताउँदै प्रचण्डले भने, ‘एमालेले बाहिर जेसुकै बोले पनि भित्रभित्रै निर्वाचनको तयारी गरिरहेको छ।’

सरकारले पनि फागुन २१ मै चुनाव गर्ने गरी अघि बढ्नुपर्ने उनको भनाइ थियो। चुनाव सार्दा देश झन संकटनमा पर्ने उनले जिकिर गरे। अहिलेको समस्याको समाधान चुनाव नै भएको उनको भनाइ थियो।

‘निर्वाचन सारियो भने देश दुर्घटना पर्छ। अबको दुर्घटनामा नेपाली कम्युनिस्ट पार्टी रमिते हुनेछैन,’ प्रचण्डले भने, ‘नयाँ आन्दोलनको, विद्रोहको झण्डा बोकेर आउनेछ।’

खुलामञ्च खुला गरियोस्, देशकै लज्जा भयो

‘नेपाल सरकार र महानगरपालिकालाई यो खुलामञ्च खुला गर्नका लागि आग्रह गर्नु चाहन्छु । किनकी यो नेपाल राज्यकै निम्ति अपमान र लज्जाको विषय हो । एउटा ५० ६० हजार एक लाख मान्छे जम्मा भएर बस्ने एउटा पनि मञ्च, चौर हामीमाझ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ,’ प्रचण्डले भने ।
प्रचण्डले खुलामञ्च खुला गर्न माग गरेका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्ने क्रममा उनले सो माग गरेका हुन् । कम्तीमा एक लाखसम्म मान्छे अट्ने चौर वा मञ्च नहुने देशकै लागि लज्जाको विषय भएको उनको भनाइ छ ।

‘नेपाल सरकार र महानगरपालिकालाई यो खुलामञ्च खुला गर्नका लागि आग्रह गर्नु चाहन्छु । किनकी यो नेपाल राज्यकै निम्ति अपमान र लज्जाको विषय हो । एउटा ५० ६० हजार एक लाख मान्छे जम्मा भएर बस्ने एउटा पनि मञ्च, चौर हामीमाझ नहुनु नेपाल देशकै निम्ति लज्जाको विषय भएको छ,’ प्रचण्डले भने ।

उनले सरकार र महानगरको नेतृत्व लिएका जनप्रतिनिधिलाई खुलामञ्च खुला गर्न आग्रह गरे ।

‘म नेपाल सरकार र अहिले महानगरपालिकाको जिम्मेवारी लिएका प्रतिनिधिलाई पनि यो स्थितिको अन्त्य गर्नका लागि पनि जोडदार अपिल गर्न चाहन्छु,’ प्रचण्डले भने, ‘राजनीतिक दल, सामाजिक संस्था र सबैका लागि एउटा खुला मञ्च, समारोह सभा गर्ने स्थल अनिवार्य छ । यसमा सबैको ध्यान जाओस् ।’

आजको सभा गर्नका लागि पनि टुँडिखेलमा गर्न सकिन्छ कि भनेर पहल गरिएको तर सफल नभएको प्रचण्डको भनाइ छ ।

‘हामीले यो सभाको आयोजना गर्दैगर्दा सरकार, महानगर र टुँडिखेलमा सम्भावना छ कि भनेर टुँडिखेलमा पनि आयोजना गर्ने, जनसमुदायलाई सहज ढंगले बसेर हाम्रो कुरा सुन्ने वातावरण बनाउने पहल गरिएको थियो । तर हामी सफल हुन सकेनौं,’ उनले भने ।

‘कुनै विचार नभएका तत्त्वहरू सामाजिक सञ्जालमा स्टन्टबाजी गरेकै भरमा जनतालाई भ्रमित पार्दैछन्’

प्रचण्डले सामाजिक सञ्जालमा स्टन्ट गरेकै भरमा कुनै इतिहास नभएका मानिसहरूले जनतालाई भ्रममा पारिरहेको बताएका छन्।

उनले भने, ‘पछिल्लो समय विचारको इतिहास, त्याग र तपस्याको भूमिका र निष्ठालाई कम महत्त्व दिने, कुनै वैचारिक इतिहास नभएकाहरू हावी हुँदै गइरहेका छन्। कुनै स्पष्ट विचार नभएकाका तत्त्वहरू सामाजिक सञ्जालमा स्टन्टबाजी गरेकै भरमा जनतालाई भ्रमित पार्ने रोगजस्तै लागेको छ।’

उनले आफ्नो पार्टी स्टन्टबाजी नगरेर राष्ट्रको समस्यालाई केन्द्रमा राखेर अघि बढ्ने सङ्कल्पसाथ अघि बढ्ने बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति