नेकपाको एकता सन्देश सभा भृकुटीमण्डपमा शुरू

काठमाडौं, ५ पुस । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकता सन्देश सभा अहिले काठमाण्डौको भृकुटीमण्डपमा शुरू भएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादीसहितका एक दर्जन बढी वामपन्थी दल मिलेर बनेको नेकपाले देशव्यापी रूपमा आयोजना गरेका सन्देश सभा अन्तर्गत आजको सभा अन्तिम हो ।

भृकुटीमण्डमा सभा शुरू हुनुअघि नेकपाले काठमाण्डौका विभिन्न ठाउँबाट र्‍याली र जुलुस निकालेको छ । बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा सभा आयोजना गरिएको नेकपाले जनाएको छ ।

आजको सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । नेकपाले यसअघि कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एकता सन्देश सभा सम्पन्न गरिसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति