देउवाले पूर्णबहादुर खड्कालाई समर्थन गर्ने निर्णयले तरंगित कांग्रेस

काठमाडौं २ पुस । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशन (पुस मसान्त वा फागुन २०८२ पूर्व सम्भावित) मा सभापति पदका लागि शेरबहादुर देउवाको समर्थन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई रहने स्पष्ट गरेका छन् । संस्थापन पक्षका नेताहरूका अनुसार देउवाले खड्कालाई सभापति पदमा समर्थन गर्ने स्पष्ट संकेत दिएका छन्।

देउवाको संकेत र संस्थापन पक्षको दाबी

पछिल्लो समय देउवालाई भेट्ने संस्थापन पक्षका नेताहरूका अनुसार देउवाले खड्कालाई ‘पार लाग्ने गरी तयारी गर्नु’ र ‘जिताउने गरी लाग्नु’ भन्ने आग्रह गरेका छन्।
एक केन्द्रीय सदस्यका अनुसार देउवाले भनेका छन्ः ‘सभापतिमा पूर्णबहादुरलाई सघाउनु।’ सामूहिक वा एकान्त भेटमा देउवाले खड्कालाई समर्थन गर्न आग्रह गरेको नेताहरूको दाबी छ ।
खड्का निकट नेताहरूः देउवाले भेट्न आउने आफ्ना पक्षका नेतालाई पनि खड्कालाई समर्थन गर्न भनेका छन्।
महाधिवेशन नजिकिएकाले औपचारिक नाम नखुलाए पनि संस्थापन पक्षबाट खड्का सर्वस्वीकार्य र स्वभाविक उम्मेदवार मानिएका छन्।

पूर्णबहादुर खड्काको पृष्ठभूमि
पार्टी यात्राः
देउवाका लामो समयका विश्वासपात्र। कांग्रेस विभाजनअघिदेखि देउवालाई साथ। सुख–दुखमा सारथी।
पदहरूः कार्यवाहक सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य।
मन्त्री अनुभवः गृह, रक्षा, सञ्चार मन्त्री। कुनै अनियमिततामा मुछिएनन्। आर्थिक इमान्दारीताको छवि।
स्वभावः सुझबुझपूर्ण, निष्ठावान, खरो। संस्थापनमा छुट्टै गुट नबनाउने।
प्रचारः समर्थकहरूले सामाजिक सञ्जालमा प्रचार सुरु गरिसकेका छन् । ‘सुझबुझ र निष्ठासहितको नेतृत्व, अबको सभापति पूर्णबहादुर खड्का।’ जस्ता प्रचार अभियान सामाजिक सन्जालमा शुरु भइसकेको छ।
नेपाली कांग्रेसको इतिहासमा कार्यवाहकबाट सभापति बनेका उदाहरण कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाको छ । यसमा खड्का थपिने दाउनमा छन् ।

चुनौतीहरू

संस्थापनभित्रै पूर्व पदाधिकारीहरू (कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, गोपालमान श्रेष्ठ, प्रकाशशरण महत आदि) खड्काप्रति पूर्ण सकारात्मक अझै देखिएका छैनन् ।एक नेताको भनाइमा ‘सभापतिले नाम किटान गरेर खड्कालाई अघि सार्ने वित्तिकै सात भाइले मानिहाल्छन्।’ भातृ संस्थामा खड्काको पक्षमा खुला समर्थन कम देखिन्छ ।

सम्भावित मुख्य प्रतिस्पर्धीहरू

गगन थापा (महामन्त्री, नयाँ पुस्ता)।
शेखर कोइराला (इतर पक्ष)। तर कोइरालाले केही आफ्नो शर्तमा खड्कालाई समर्थन गर्नसक्छन् ।

तर महाधिवेशन नजिकिएसँगै समीकरण परिवर्तन हुन सक्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति