साँझ ५ बजेसम्म ८०२ मत, छिटो गर्नेले ९ मिनेट, ढिला गर्नेले २ घण्टासम्म लगाए

काठमाडौं, २ पुस । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।बुधबार बिहान सवा ९ बजेबाट शुरू भएको मतदान साँझ ५ बजेसम्म ८०२ प्रतिनिधिले मत हालेका छन् ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलले साँझ ५ बजेसम्म ८०२ मत खसेको जानकारी दिए ।एमाले महाधिवेशनमा २ हजार २ सय ६२ प्रतिनिधि छन् ।एक जनाका लागि मत हाल्न औसत ३५ मिनेट समय लागेको निर्वाचन आयोगका अर्का एक पदाधिकारीले बताए ।

‘यही गतिमा मतदान हुँदा रातभरिमा पनि टुंगिन मुस्किल छ, अरू १० घण्टा समय लाग्ने देखियो,’ आयोगका एक पदाधिकारीले भने ।तर मतदान छिटो गर्नेले ९ मिनेटमा नै सकेका छन् भने ढिला गर्नेले २ घण्टासम्म लगाएका उपाध्यक्ष पोखरेलले जानकारी दिए ।

१९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य तथा अनुशासन आयोग र लेखा आयोगका पदाधिकारीका लागि निर्वाचन भएको हो ।मंसिर २८ गते शनिबार शुरू भएको एमाले महाधिवेशन नयाँ नेतृत्व चयन गरेर समापन हुनेछ । अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति