एमाले ३०१ सदस्यीय चुनामा दुवै प्यनलमा परेका ४७ केन्द्रीय सदस्यका उम्मेदवार (सूचीसहित)

काठमाडौं २ पुस। नेकपा एमालेको आगामी नेतृत्वको लागि केपी ओली ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी मैदानमा छन् ।

अहिले नयाँ नेतृत्वका लागि मतदान जारी छ । प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएको भए पनि ४७ केन्द्रीय सदस्यका उम्मेदवारलाई दुवै पक्षले साझा बनाएका छन् ।

पदाधिकारी उम्मेदवार भएका बाहेक नै केन्द्रीय सदस्यमा ४७ उम्मेदवारलाई दुवै पक्षले समेटेका छन् त्यही अन्तिम लिस्ट बोकेर अहिले नेताहरू प्रतिनिधिलाई भोट भागिरहेका छन् ।

पोखरेल समूहरूले भने अध्यक्षमा प्रतिस्पर्धा गरेको केपी ओलीसमेत आफ्नो समूहको केन्द्रीय सदस्यको लिस्टमा अटाएको छ । यद्यपि, ओली पक्षले भने पोखरेलको नाम आफ्नो आफू पक्षको केन्द्रीय सदस्यको लिस्टमा समेत राखेको छैन ।

पोखरेल पक्षको उम्मेदवारको सूची हेर्दा पदाधिकारी जित्ने रणनीतिमा केन्द्रित भएको देखिएको छ । सदस्यसम्म प्यानल बनाउँदा पदाधिकारीमा कम मत आउने र आफ्नो प्यानल मत कम भएकाले भोट क्रस गराउने रणनीतिमा पोखरेल पक्ष केन्द्रित भएको छ ।

त्यसैले पदाधिकारीमा ओली प्यानलबाट असन्तुष्ट भएर आएका नेतालाई समेत समेटेको ईश्वर पक्षले केन्द्रीय सदस्यमा भने ओली पक्षमै रहेका अधिकांशलाई समेटेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति