एमाले महाधिवेशनः ओलीलाई ईश्वरको चुनौती, आज उम्मेदवारी दर्ता

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको तालिकाअनुसार सोमबार उम्मेदवारी दर्तादेखि अन्तिम नामावली प्रकाशनसम्म कार्यक्रम रहेका छन् ।

महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा। विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन्।सोमबार मतदाता नामावलीउपर दाबी विरोध, मतदाता नामावलीउपर परेको दाबी विरोधको सूचना प्रकाशन, दाबी विरोधउपर छानविन र निर्णय, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त फारम वितरण, उम्मेदवारको दरखास्त फारम दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोध उजुरी दिने, उजुरीउपर छानविन र निर्णय, उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशनको कार्यतालिका छ ।त्यस्तै, पुस १ गते मंगलबार बिहान ११ बजेदेखि ५ बजेसम्म मतदान समय तोकिएको छ । विद्युतीय मेशिनमा मतदानपछिको मतगणना, निर्वाचनको परिणाम घोषणा, प्रमाणपत्र प्रदान, शपथ ग्रहणलगायतका कार्यक्रम तालिकामा समावेश गरिएको छ ।

सोमबार बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारको दरखास्त फाराम दर्ता गर्ने कार्यक्रम छ । दरखास्त दर्ता सकिएपछि दिउँसो २स्३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ । प्रारम्भिक नामावली सार्वजनिक भएपछि उम्मेदवारविरुद्ध उजुरी दिने समय २स्३० बजेदेखि ३ बजेसम्म दिइएको छ । आजै साँझ ६ः०० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ ।मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको एमालेको ११औँ महाधिवेशनको बन्दसत्र प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ । महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धा गर्दैछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति