एमाले बन्दसत्र : तीन शीर्ष नेताको स्वेच्छिक अवकाश, ओली–पोखरेलबीच तनाव(निर्वाचन क्लस्टर पूर्णविवरण)

काठमाडौं, २८ मंसिर । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र जारी रहँदा पार्टीका तीन शीर्ष नेताले सक्रिय नेतृत्वबाट स्वेच्छिक अवकाश लिने घोषणा गरेका छन्। अनुशासन आयोग अध्यक्ष केशब बडालले महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने बताएका छन्। यसअघि उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पनि यस्तै घोषणा गरिसकेका छन्।

किन अवकाश घोषणा ?
बन्दसत्रमा बोल्दै केशब बडालले पछिल्लो समय आफूले जिम्मेवारी अपेक्षित रूपमा पूरा गर्न नसकेको आत्मस्वीकृति व्यक्त गरे। उनले भने, ‘यो महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने निर्णय गरेको छु। भुइँ तहमा बसेर पार्टीको काम भने गरिरहने छु।’ बडालले सक्रिय राजनीति र नेतृत्वबाट बिदा लिएर आफ्नो अनुभवको आधारमा पार्टीमा योगदान गर्ने बताए।

यसअघि उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पनि सक्रिय नेतृत्वबाट बिदा लिने घोषणा गरेका थिए। तीनै नेताले पार्टी सदस्यता भने कायम राख्ने र अनुभवको आधारमा सघाउने बताएका छन्। सात दशक पार गरेका यी नेताहरूको यो निर्णयलाई नेतृत्व प्रतिस्पर्धामा रम्नेहरूका लागि उदाहरणका रूपमा हेरिएको छ।

० औँ महाधिवेशनबाट निर्वाचित सबैभन्दा कम उमेरकी केन्द्रीय सदस्य ईश्वरी जिएमले पनि पार्टीको जिम्मेवारीबाट केही वर्ष अलग रहने घोषणा गरिन्। पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी रोल्पाकी जिएम पर्यटन व्यवसायमा समेत संलग्न छिन्।

बर्दियाका नेता भीम केसीले ६० वर्ष उमेर पुगेको उल्लेख गर्दै पार्टी नेतृत्वबाट बाहिरिने निर्णय सार्वजनिक गरेका छन्। २०७८ को १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित केसी २०४२ सालमै अनेरास्ववियु (पाँचौँ) का जिल्ला अध्यक्ष बनेका थिए।

म्याग्दीका नेता भूपेन्द्रबहादुर थापाले पनि आगामी कार्यकालमा पार्टी नेतृत्वमा नरहने घोषणा गरेका छन्। पूर्व सांसदसमेत रहेका थापाको यो निर्णयले अनुभवी नेताहरूले नयाँ पुस्ताका लागि ठाउँ छाड्न थालेको बुझिन्छ।

विद्या सदस्यताबारे ओली अझ कठोर
बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्या देवी भण्डारीको पार्टी सदस्यताको विषय उठाएपछि अध्यक्ष केपी शर्मा ओलीले कडा जवाफ दिए। ओलीले भने, ‘भण्डारी पार्टीमा फर्किन चाहनुहुन्छ भने नयाँ सदस्यताका लागि निवेदन दिनुपर्छ। राष्ट्रपति कार्यकालको ७ वर्षको सदस्यता जोडिँदैन, यो कानुनसँग खेलबाड हुन्छ।’

ओलीले भण्डारी राष्ट्रपति हुँदा संवैधानिक कारणले सदस्यता छाडेकी भए पनि भावनामा होइन, यथार्थमा चल्नुपर्ने बताए। उनले सेरेमोनियल पदमा रहेकी भण्डारीलाई फेरि कार्यकारी पदमा आएर आलोचना र विरोधको चक्रव्यूहमा नफस्दा राम्रो हुने सुझाव दिए। साथै, मदन भण्डारी फाउन्डेसनलाई एकपक्षीय बनाएर चलाउन खोजेको आरोप लगाए। ओलीले भने, ‘पोलिटिक्स गर्न मन छ भने कोहीले रोकेको छैन, गरिरहेकी छन् त।’

पोखरेललाई मुखभरिको जवाफ
बन्दसत्रमा ईश्वर पोखरेलले राखेका प्रस्तावको जवाफ दिँदै ओलीले मुखभरीको प्रत्युत्तर दिएका छन् । पोखरेलले ओलीको निरन्तरताले पार्टी ध्वस्त हुन सक्ने बताएपछि ओलीले भने, ‘विरोधीहरूले लखेटेर गालीगलौज गर्दा पार्टीका प्रिय साथीहरूले माया गर्नुपर्नेमा नेतृत्व छाड भन्ने ? डोकोमा हालेर फाल्ने कुरा कहाँ हुन्छ र ?’

‘कुसमयमा मलाई फाल्न डोको खोज्नेहरूले अब ईश्वर कमरेडलाई पनि फाल्न डोको फिर्ता लैजाऔँ भन्छन्।’

ओलीले आफू अझै १८ घण्टा खटेर काम गर्न सक्ने अवस्थामा रहेको दाबी गरे। उनले सबै मिलेर सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव राखे। साथै, जेनजी आन्दोलनबारे विरोधीहरूले बनाएको भाष्य एमालेले स्वीकार नगर्ने प्रष्ट पारे। उनले भने, ‘कुसमयमा मलाई फाल्न डोको खोज्नेहरूले अब ईश्वर कमरेडलाई पनि फाल्न डोको फिर्ता लैजाऔँ भन्छन्। मेरो तर्फबाट गल्ती भएको छ भने माफी।’

बन्दसत्रः भृकुटीमण्डपमा जारी, २,२६२ प्रतिनिधि सहभागी
नेतृत्व प्रतिस्पर्धाः
अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच मुख्य भिडन्त। पोखरेललाई पूर्वराष्ट्रपति भण्डारीको समर्थन ।
के फेरियो ?: १५ को सट्टा १९ पदाधिकारीसहित २५१ को सट्टा अब ३०१सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ।

निर्वाचन क्लस्टर

अध्यक्ष – १

उपाध्यक्ष – ५

महासचिव – १

उपमहासचिव – ३

सचिव – ९

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र राजधानी प्रदेशबाट बाट १/१ युवासहित खुल्ला ६, महिला ३, जम्मा ७२

समावेशी

आदिवासी खुल्ला- १७ (२ युवा सहित), महिला- ८

मधेशी खुल्ला- १३ (२ युवा सहित), महिला- ६ दलित खुल्ला- ८ (१ युवासहित), महिला- ४

थारु खुल्ला- ५(१ युवा सहित, महिला- २

मुस्लिम खुल्ला- ४, महिला- १

श्रमिक खुल्ला- २, महिला- १

पिछडिएको क्षेत्र- खुल्ला १, महिला- १

प्रवास (भारत)- १

प्रवास (अन्य)- १

अपांगता- १

खुल्ला ७३ (२ युवा सहित), महिला ५२

यी घटनाक्रमले एमाले महाधिवेशनमा आन्तरिक तनाव र पुस्तान्तरणको सङ्केत देखाएको छ।

बन्दसत्रले पदाधिकारीसम्बन्धी व्यवस्था पनि पारित गरेको हो। एमालेको १९ सदस्यीय पदाधिकारीमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहनेछन्। 

१) पदाधिकारी : १९ जना

  • अध्यक्ष : १
  • उपाध्यक्ष : ५
  • महासचिव : १
  • उपमहासचिव : ३
  • सचिव : ९

२) उपत्यकासहित सबै ८ प्रदेशबाट : ७२) जना

  • खुल्ला : ४०
  • महिला : २४
  • युवा : ८

३) खुल्ला कोटा : १२५ जना

  • खुल्ला : ७१
  • महिला : ५२
  • युवा : २

४) जनजाति आदिवासी : २५ जना

  • खुल्ला : १५
  • महिला : ८
  • युवा : २

५) मधेसी : २० जना

  • खुल्ला : ११
  • महिला : ६
  • युवा : २

६) प्रवास : २ जना

  • भारत : १
  • अन्य देश : १

७) श्रमिक : ३ जना

  • खुल्ला : २
  • महिला : १

८) अपाङ्गाता भएका ब्यक्ति : १ जना

९) दलित : १२ जना

  • खुल्ला : ७
  • महिला : ४
  • युवा : १

१०) थारु : ८ जना

  • खुल्ला : ५
  • महिला : ३

११) मुस्लिम : ५ जना

  • खुल्ला : ४
  • महिला : १

१२) पिछडिएको क्षेत्र : २ जना

  • खुल्ला : १
  • महिला : १
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति