एमाले अनेक धक्का चिरेर पनि धरहरा जस्तै उठ्छ :प्रदीप ज्ञवाली

काठमाडौं, २७ मंसिर । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल जस्तै गौरव बोकेर र धरहरा जस्तै अनेक धक्का चिरेर पनि उठ्ने शक्ति भएको बताएका छन् ।एमालेको ११ औं महाधिशवेशनको उद्घाटन समारोहमा बोल्दै उनले महाधिवेशनमा राखिएको न्यातपोल दरबार र धरहराको राख्नुको कारण उल्लेख गरेका छन् ।‘न्यातपोल दरबारले चार चारवटा भूकम्प झेलेको छ र पनि गौरवको रुपमा रहेको छ’ उनले भने,’धरहरा हामीले नवनिर्माणको प्रतीकको रुपमा राखेका छौं ।’उनले धरहरा नवनिर्माणको प्रतीकको रुपमा रहेकोको उल्लेख गर्दै जस्तै धक्का चिरेर पनि एमाले उठ्ने बताए । ‘हामीले सन्देश दिन खोजेका छौं । न्यातपोलको गौरवशाली इतिहास जस्तै र धरहरा जस्तै धरहरा जस्तै धक्का चिरेर उठ्न सक्छौं’ उनले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति