बुटवल, २४ मङ्सिर । नेकपा एमालेको मङ्सिर २७–२९ सम्म काठमाडौँमा हुने ११औँ राष्ट्रिय महाधिवेशनमा लुम्बिनी प्रदेशबाट २ दर्जनभन्दा बढी नयाँ नेताहरू केन्द्रीय सदस्य बन्ने दौडमा लागेका छन्। यसअघि १०औँ महाधिवेशनमा यो प्रदेशबाट ७ पदाधिकारी, ५२ केन्द्रीय सदस्य र १० जना विभिन्न आयोगमा सदस्य बन्न पुगेका थिए। तर यसपटक केन्द्रीय कमिटीको सङ्ख्या ३५५ बाट घटाएर २७५ बनाइएपछि कोटा कटौती हुँदा पुराना र नयाँ दाबेदारहरूको व्यवस्थापनलाई पार्टी नेतृत्वका लागि ठूलो चुनौती बनेको छ।
प्रदेशबाट कुल १९१ जना निर्वाचित प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन् । यो संख्यामा केही दर्जन थप मनोनयन र पदेन सदस्यहरू जोडिनेछन्। पदाधिकारीहरूले औपचारिक दाबी नदेखाए पनि आन्तरिक लबिङ तीव्र बनाएका छन्। नयाँ आकांक्षीहरू काठमाडौँ पुगेर आफ्ना लाइनका नेतासँग समन्वयमा जुटेका छन्।
मुख्य चुनौतीहरू
कोटा कटौतीः साबिक ५२ को साटो अब ३०–३५ को हाराहारीमा सीमित हुने सम्भावना ।
पुराना दाबेदारः १०औँ महाधिवेशनका पदाधिकारीहरू (उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, छविलाल विश्वकर्मा) ले मौजुदा पद कायम राख्ने वा अपग्रेड गर्ने चाहना राख्नु स्वभाविक हुने नै भयो । निलम्बित सचिव टोपबहादुर रायमाझी थुनामा हुँदा उनी पदाधिकारीमा नपर्ने निश्चित छ ।
ओली–पोखरेल द्वन्द्वः अध्यक्ष केपी ओली दोहोरिने र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षतर्फ सर्ने तयारी गरेका छन् । यसले लुम्बिनीका ६ पदाधिकारीमध्ये युवराज ज्ञवाली र विष्ट पोखरेल पक्षमा खुलेका छन्, बाँकी ओलीतिर रहेका छन् । सहमतिम भए पुराना दोहोरिन सक्छन्, तर निर्वाचन हुँदा नयाँ प्रवेशको सम्भावना रहन सक्छ ।
लुम्बिनी प्रदेश कमिटीबाट ५ जना राष्ट्रिय प्रतिनिधि चयन भएका छन् :
| पद | नाम | केन्द्रीय दाबी |
|---|---|---|
| अध्यक्ष | राधाकृष्ण कँडेल | उम्मेदवारी नदिने (स्वतः केन्द्रीय सदस्य हुने विधानअनुसार) |
| उपाध्यक्ष | भोजप्रसाद श्रेष्ठ | केन्द्रीय सदस्यतर्फ दाबी, यसअघि असफल |
| सचिव | लक्ष्मण आचार्य | स्पष्ट नभए पनि आन्तरिक तयारी |
| उपसचिव | लीला राना | केन्द्रीयतर्फ इच्छुक |
| कार्यालय सचिव | बिना गुरुङ | व्यवस्थापनमा जोड |
कँडेलले प्रदेशबाट जानेहरूलाई समन्वय गर्ने जिम्मेवारी लिने बताए।
पुस्तान्तरण दबाबः युवराज ज्ञवालीले नयाँलाई अवसर दिने धारणा राख्दै आएका छन्।
प्रदेश नेतृत्वको स्थिति
लुम्बिनी प्रदेश कमिटीबाट ५ जना राष्ट्रिय प्रतिनिधि चयन भएका छन् :
नयाँ आकांक्षीहरूः क्लष्टरअनुसार
लुम्बिनीबाट नयाँ अनुहारहरू विशेष कोटामा बलिया दाबेदार छन्। उनीहरू जिल्लारप्रदेश नेतृत्व सम्हालेका नेताहरु रहेका छन् ।
युवा क्लष्टरः
लीलामणि गौतम (रुकुम पूर्व जिल्ला अध्यक्ष)
खेमराज शर्मा (बाँके, पूर्व युवा संघ केन्द्रीय सचिव)
महिला क्लष्टरः
ज्ञानु केसी
जागेश्वरी चौधरी
मधेशी र दलित क्लष्टरः
बजरङ्गप्रसाद कुर्मी (कपिलवस्तु)
तुलसी पासी (नवलपरासी)
तुलसीप्रसाद चौधरी (यसअघि असफल, यसपटक बलियो सम्भावना) ।
खुला क्लष्टरः
वासुदेव घिमिरे (प्रतिनिधिसभा निवर्तमान सदस्य)
राजेन्द्र अर्याल (प्रेस चौतारी पूर्व केन्द्रीय अध्यक्ष)
तेजेन्द्र केसी (रुपन्देही पूर्व अध्यक्ष)
लालबहादुर खत्री (बर्दिया पूर्व अध्यक्ष)
रेवतीरमण शर्मा (दाङ)
शान्तकुमार वली (रोल्पा)
डम्बर शर्मा (कपिलवस्तु पूर्व अध्यक्ष)
धनेन्द्र घिमिरे (पाल्पा)
बालसिंह काउछा (गुल्मी अध्यक्ष)
रत्न खत्री (बाँके उपाध्यक्ष)
पदाधिकारीतर्फ दाबेदार
लुम्बिनीबाट पदाधिकारी प्रवेशका लागि हेभीवेटहरू सक्रिय छन्। उनीहरू ओली पक्ष वा अन्य लाइनबाट लबिङमा रहेका छन् ।
सूर्य थापा (पोलिटब्युरो सदस्य, प्युठान) – ओलीका खुला समर्थक, ।
खिमलाल भट्टराई (रुपन्देही, पूर्व राष्ट्रिय सभा सांसद– ओली पक्षधर)
ठाकुर गैरे (पाल्पा, पूर्व अनेरास्ववियु नेता र सांसद– पोखरेल पक्ष)
लीला गिरी (पूर्व मुख्यमन्त्री– ओली पक्ष)
रामकुमारी झाँक्री (नेकपा एसबाट प्रवेश गरेकी) ।
यी नेताहरूको दाबीले लुम्बिनीबाट पदाधिकारी घट्ने वा अपग्रेड हुने सम्भावना कम देखिएको विश्लेषकहरू बताउँछन्। निर्वाचनमुखी बनेमा नयाँ अनुहारलाई अवसर मिल्न सक्छ, तर सहमतिको प्रयासले पुरानाले प्राथामिकता पाउने देखिन्छ।
महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनीका प्रतिनिधिहरू काठमाडौँ आफ्नो पदका लागि दौडधुपमा छन्।
प्रतिक्रिया