रुसी राष्ट्रपति पुटिन दिल्लीमा, विमानस्थलमै स्वागत गर्न पुगे मोदी


काठमाडौं, १८ मंसिर । सी राष्ट्रपति भ्लादिमिर पुटिन भारतको राजधानी नयाँदिल्ली आइपुगेका छन् । राष्ट्रपति पुटिन २ दिने औपचारिक भ्रमणका क्रममा बिहीबार साँझ दिल्ली आइपुगेका हुन् ।पुटिनलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । पुटिन करिब ४ वर्षपछि भारत भ्रमणमा आएका हुन् ।२३औं भारत(रुस शिखर सम्मेलनमा सहभागी हुन आए पनि पुटिनको भ्रमणलाई लिएर निकै चर्चा भएको छ । खासगरी पश्चिमा देशहरूले युक्रेनसँगको युद्धलाई लिएर रुससँग दूरी बढाइरहेका बेला पुटिनको भ्रमणलाई महत्त्वका साथ हेरिएको हो ।युक्रेन युद्धपछि रुसले अहिले वर्ल्ड(अर्डरमा शक्ति सन्तुलन परिवर्तन भएको कुरालाई विशेष जोड दिइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति