जनताको साथ रहेसम्म मधेशमा एमाले एक्लिँदैन– उपाध्यक्ष पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मधेशमा एमालेलाई कसैले एक्लाउन नसक्ने दाबी गर्नुभएको छ । उहाँले आज प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै मधेशमा सीट र मतको आधारमा एमाले पहिलो नम्बरको पार्टी भएको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो , ‘जनताले स्वीकार्दा हामी एक्लिँयौं अलग भयौँ भन्ने मानसिकतामा हामी छैनौँ । हामी जनतासँग जोडिएर अगाडि बढेका पार्टी हौँ । जनतासँग जोडेर अघि बढ्छौँ । जनताबाट टाढा हुन हुँदैन भन्ने हाम्रो पार्टीको बुझाइ हो, मधेशमा हामी एक्लिएका छैनौँ । उनले सरकारले चुनाव गर्छ भने पनि गराउने बाटोमा नहिँडेको टिप्पणी गरे । संविधानलाई ट्र्याकमा ल्याउनको लागि संसद् पुनर्स्थापनाको विकल्प नभएको पौडेलको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति