काठमाडौं, १६ मंसिर । एडम रोसिङटनको शतक मद्दतमा पोखरा एभेन्जर्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग ९एनपीएल० मा मंगलबार कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना कायम राखेको छ ।पोखराले दिएको २०२ रनको उच्च लक्ष्य पछ्याएको कर्णालील याक्सले १९ ओभरमा सबै विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।पाँच खेलमा दोस्रो जित हात पारेको पोखराले ४ अंक जोडेको छ ।
पोखराले यसअघि जनकपुर बोल्ट्सलाई पराजित गरेको थियो ।उता ६ खेल खेल्दा पाँचौ हार व्यहोरेको कर्णाली याक्स भने प्लेअफ होडबाट बाहिरिने पहिलो टिम बनेको छ ।कर्णाली अब आइतबार हुने लिगकै अन्तिम खेलमा जकपुर बोल्ट्ससँग खेल्नेछ ।कर्णालीका लागि ओपनर मार्क वाटले सर्वाधिक ५९ रन बनाए । वाट बाहेक अन्य ब्याटरलले उल्लेख्य योगदान गर्न सकेनन् । नजिबुल्लाह जद्रान २४ रन बनाए । पवन सर्राफले १९ र प्रियांक पन्चलले १६ रन बनाए ।मार्क वाट र प्रियांक पान्चलले पहिलो विकेटका लागि उत्कृष्ट सुरुवात गर्दै ३१ रनको साझेदारी गरेका थिए । तर पान्चल ११ बलमा १६ रन बनाएर चौथो ओभरको बलमा बलमा आउट भए । त्यसपछि आएका जयकिशन कोल्सावालाले १० बल खेल्दै जम्मा ६ रन बनाएर आउट भए ।वाटले एक छेउबाट आक्रमक ब्याटिङ गर्दै कर्णालीको इनिङ्स अगाडि बढाउँदा कर्णालीको समभावना बलियो नै थियो । उनले आक्रमक ब्याटिङमा २२ बलमा अर्धशतक प्रहार गरेका थिए ।
तर दशौँ ओभरको पाँचौ बलमा पोखराका पार्ट टाइम बलर किरण ठगुन्नाले तृतराज दासबाट वाटलाई क्याचआउट गराए । त्यसपछि पोखराले खेलमा कमब्याक गरेको थियो ।त्यसपछि कर्णालीका पवन सर्राफ १३औं ओभरको दोस्रो बलमा १४ बलमा १९ रन बनाएर आउट भए । सराफलाई ऋषी धवनको बलमा पोखराका कप्तान कुशल भुर्तेलले क्याचआउट गरे ।नजिबुल्लाह जद्रान र गुल्सन झाले त्यसपछि इनिङ्स अगाडि बढाउँदै कर्णालीको आशा कायम राखेका थिए । तर गुल्सन झा ७ बलमा ९ रन बनाएर १५औं ओभरमा आउट भए ।लगत्तै अर्को ओभरमा नजिबुल्लाह जद्रान पनि आउट भए । १५ बलमा २४ रन बनाएका जद्रानलाई ऋषी धवनले किरण ठगुन्नाबाट क्याचआउट गराए ।१८औं ओभरमा दीपेन्द्र रावत र सोमपाल कामी आउट भए । ऋषी धवनले रावतलाई रनआउट गर्दा सोमपाललाई धनन्जय लक्षनबाट क्याचआउट गराए । युनिश सिंह र नन्दन यादव १९औं ओभरमा आउट भएपछि कर्णाली अलआउट भएको हो ।बलिङमा पोखराका लागि धनन्जय लक्ष्ले ४ ओभरमा ३१ रन खर्चेर तथा ऋषी धवनले ४ ओभरमा ३७ रन खर्चेर ३-३ विकेट लिए ।
यस्तै सन्दीप खत्री क्षेत्री, किरण ठगुन्ना, कप्तान कुशल भुर्तेल १(१ विकेट लिए ।त्यसअघि एडम रोसिङटनले सानदार शतक बनाएपछि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २०१ रन बनाएको हो ।एनपीएल दोस्रो सिजन २०० रन बनेको यो दोस्रो पटक हो । यसअघि विराटनगर किंगुसले पोखरा एभेन्जर्स विरुद्ध २२० रन बनाएको थियो ।ओपनर रोसिङटनले लगातार दोस्रो खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ५८ बलमा अविजित १०८ रन बनाए । यस क्रममा उनले ११ चौका र ७ छक्का प्रहार गरे ।रोसिङटनले १९औं ओभरको अन्तिम बलमा नन्दन यादवलाई चौका प्रहार गर्दै शतक पूरा गरेका थिए । त्यसक्रममा उनले ५५ बलमा ११ चौका र ६ छक्का प्रहार गरेका थिए ।दिनेश खरेललाई ड्रप गरेपनि कप्तान कुशल भुर्तेल आफैँ रोसिङटनसँग ओपनिङ गर्न आएका थिए । पहिलो विकेटका लागि रोसिङटन र भुर्तेलले ३४ रनको साझेदारी गरे ।
भुर्तेलले १७ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरी १८ रन बनाए । त्यसपछि रोसिङटनले अर्का इंग्लिस ब्याटिङ ज्यासन रोएसँग शतकीय साझेदारी गरे ।यो जोडीले दोस्रो विकेटका लागि १२७ रनको साझेदारी गरे । एनपीएलको दोस्रो संस्करणमा यो दोस्रो ठूलो साझेदारी हो भने समग्रमा पाँचौ शतकीय साझेदारी हो । यसअघि विराटनगरका लोकेश बम र मार्टिन गप्टिलले पोखरा एभेन्जर्स विरुद्ध नै दोस्रो विकेटका लागि १३२ रनको साझेदारी गरेका थिए ।सोमबार मात्रै काठमाडौं आइपुगेका रोयले एनपीएलमा डेब्यु गर्दै ४६ रन जोडे । रोयले ३४ बल खेल्दै २ चौका र ३ छक्का मदतमा ४६ रन जोडे । यस्तै धनन्जय लक्षनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै अविजित २३ रन जोडे । रोसिङटन र लक्षनले अविजित ४० रनको साझेदारी गरे ।कर्णालीका नन्दन यादव र मार्क वाटले १(१ विकेट लिए ।
प्रतिक्रिया