कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशन कार्यतालिका पेस गरिने

काठमाडौं, १५ मंसिर । पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ।पुस २६ देखि २९ गतेसम्म १५औँ महाधिवेशन गर्ने सहमति बनेपछि बैठक बोलाइएको हो।महाधिवेशनको कार्यतालिकासम्बन्धी प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्णयार्थ पेस गर्नेछन्।आइतबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँगको छलफलपछि सहमतिपूर्ण प्रस्ताव तयार गरिएको हो।यसअघि अलग–अलग प्रस्ताव पेस भएकाले आज कार्यवाहक सभापतिद्वारा एकीकृत प्रस्ताव पेस गरिने स्रोतले जनाएको छ। विमति आए मतविभाजनबाट निर्णय गरिने बताइएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति