काठमाडौं, १४ मंसिर । भारतको राजधानी दिल्लीको संगम बिहार क्षेत्रको टिग्री एक्सटेन्सनको ब्लक बीमा रहेको तीनतले भवनमा शनिबार साँझ भीषण आगलागी भएको छ।
यस घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर रूपमा जलेका छन्।भारतीय सञ्चारमाध्यमका अनुसार सुरुमा शनिबार साँझ ६ः१५ बजेतिर भुइँतलामा रहेको जुत्ता पसलमा आगो लागेको थियो। आगो बिस्तारै तेस्रो तलामा फैलिँदा मानिसहरू भाग्न नपाएका हुन्।
दिल्लीमा भीषण आगलागी, अहिलेसम्म ४ जनाको मृत्यु
प्रतिक्रिया