नयाँ फिल्म “ह्यामनेट”मा दुई चम्किला युवा अभिनेता पल मेस्कल र जेसी बकलीले शेक्सपियर र उनकी पत्नी एग्नेस (पहिलेको नाम एनी ह्याथवे)को भूमिका निर्वाह गरेका छन्। “ह्यामनेट” पहिल्यैदेखि व्यापक प्रशंसा बटुल्दै आएको छ — यसले टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दर्शक पुरस्कार जित्यो र मिलेनियल फिल्मप्रेमीहरूलाई आलोचनात्मक उन्मादमा पुर्याइरहेको छ। लेटरबक्सडमा एक समीक्षकले लेखे, “अत्युक्ति नगर्नुस् तर यो फिल्ममा जीवनको वास्तविक अर्थ नै समावेश छ।” म्यागी ओ’फ्यारेलको बेस्टसेलर उपन्यासमा आधारित यो फिल्मले शेक्सपियरको जीवनलाई सम्भव भएसम्म सबैभन्दा युवा र आकर्षक रूपमा पुनर्निर्माण गर्छ र बार्डप्रति नयाँ पुस्ताको पुनर्जागृत मोहको प्रवेशद्वार बन्छ।
मैले यो शरदमा एउटा स्क्रिनिङमा गएको थिएँ। (खुलास कुराः मेरो कम्पनी शेक्सपियर थिएटर कम्पनीले आउँदो वसन्तमा रोयल शेक्सपियर कम्पनीद्वारा तयार पारिएको “ह्यामनेट”को मञ्च रूपान्तरण प्रस्तुत गर्दैछ।) म स्वीकार गर्छु — फिल्मका केही अंश मलाई अत्यन्त शक्तिशाली लाग्यो, तर त्यसैसँगै जीवनीपरक फिल्मका यति धेरै क्लिशेहरू थिए कि म जस्तो कोही शेक्सपियरप्रेमीझैं लाजले भुतुक्कै भएँ।
सबैभन्दा बढी त मलाई फिल्मले विलियम शेक्सपियर — अङ्ग्रेजी भाषाकै महान् कवि — लाई एलिजाबेथन युगको मार्लन ब्रान्डोजस्तो देखाएको कुराले छक्क पार्यो। पल मेस्कल शब्द नबोली गुर्रिन्छन्, उदास आँखाले हेर्छन् र अव्यक्त चाहनासाथ सुस्केरा हाल्छन्। हाँस्य नाटक लेख्दैछन् भन्ने एउटा छोटो सङ्केतबाहेक यो शेक्सपियर सधैं बादलको मुनी रहन्छन्। जेसी बकलीले पनि एग्नेसलाई मुख्यतः दुःखको प्रतीक बनाएर खेलेकी छन्। नतिजा मलाई टिकटक पुस्ताका लागि बनाइएको मम्बलकोर शेक्सपियरजस्तो लाग्यो।
साम्राज्यवादको युगको शेक्सपियर हो — विश्वलाई समेट्ने दैवी प्रतिभा।
आधुनिक दर्शकका लागि शेक्सपियरको चरित्र पुनर्कल्पना गर्दै “ह्यामनेट” काल्पनिक बार्ड कथाहरूको लामो इतिहासमा जोडिन्छ। शताब्दीयौंदेखि मानिसहरू ती अद्भुत नाटकहरूको पछाडि रहेको व्यक्तिप्रति मोहित छन् र शेक्सपियर (र उनकी पत्नी) बारेका हाम्रा अर्ध–ऐतिहासिक कथाहरूले प्रायः उनको जीवनीका विवरणहरूलाई उनको अमर कृतिको चाबी ठान्छन्। त्यसैले नाटक र फिल्ममा त्यो मान्छे र उसको जीवनको कल्पना गर्नु स्वाभाविक हो। तर हरेक पुस्ताले आफ्न आफ्नै आकाङ्क्षा र चिन्तालाई प्रतिबिम्बित गर्ने शेक्सपियरको संस्करण कल्पना गर्छ, जसको अर्थ हरेक पुस्ताले उनलाई गलतरूपमा बुझ्छ — र त्यही गल्तीले धेरै कुरा खोल्छ।
शेक्सपियरको जीवन कल्पना गर्ने प्रयासहरू पहिले मुख्यतः मूर्ति र चित्रहरूका रूपमा आएका थिए। सत्रौँ शताब्दीको सुरुतिर बनाइएको र स्ट्र्याटफर्ड–अपन–एभनमा राखिएको शेक्सपियरको स्मारक मूर्तिले बीसौँ शताब्दीका विद्वान जोन डोभर विल्सनलाई “आत्मसन्तुष्ट सुँगुर कसाईजस्तो” देखिएकोमा विलाप गर्न बाध्य बनायो। अठारौँ शताब्दीबाट “बार्डोलाट्री” (शेक्सपियर–पूजा) को युगका लागि मूर्तिकारहरूले शेक्सपियरलाई नयाँ रूप दिए। सन् १७५७ मा अभिनेता डेभिड ग्यारिकले शेक्सपियरको जीवन(आकारको मूर्ति बनाए र शोबिजनेसको नार्सिसिज्मको चरमोत्कृष्टमा आफैं त्यसका लागि पोज पनि दिए — शेक्सपियरको शरीरलाई आफ्नैले प्रतिस्थापन गर्दै।
सन् १८८८ मा स्ट्र्याटफर्ड–अपन–एभनमा बनाइएको गाउर स्मारकमा शेक्सपियर काव्यात्मक सृजनाका बैठेका देवताजस्ता देखिन्छन्। कागजमाथि हात तेर्स्याउँदै उनी तलको बगैँचातर्फ हेर्छन् जहाँ उनका चार पात्रहरू विश्वका चार कुनातर्फ औंल्याइरहेका छन्। यो साम्राज्यवादको युगको शेक्सपियर हो — विश्वलाई समेट्ने दैवी प्रतिभा।
हालै फेला परेको ज्याकोबियन चित्रले अर्कै दिशामा हृदय दौडायो। कोब चित्रमा एक युवक कुलीन रफ लगाएर दर्शकतर्फ कामुक स्पष्टताका साथ हेर्दैछ। उसका ओठ गुलाबी छन्। निधार अग्लो तर राम्रो कपाल र सिँगारिएको अदरकको दाह्री छ। यो चित्रलाई शेक्सपियरलाई क्वियर आइकन ठान्नेहरूले अँगालेका छन् — यो विचार पछिल्लो समय बढी स्वीकृत हुँदैछ।
१९९० को अन्त्यतिर पप(संस्कृतिको निश्चित शेक्सपियर जोसेफ फाइन्सको “शेक्सपियर इन लव” संस्करण थियो। चान्डोस चित्रको शैलीमा बकरी दाह्री र झुम्का लगाएका फाइन्सको शेक्सपियरमा ग्रन्जी विद्रोहको गन्ध थियो। “ह्यामनेट”मा संवेदनशील र समर्पित घरेलु पार्टनरको विपरीत, फाइन्सको विल केवल शहरमा मात्र देखिन्छ। ऊ विवाहित छ, तर दुःखी। उसकी पत्नी र तीन सन्तानलाई मङ्गल ग्रहमा छन् जस्तो व्यवहार गरिएको छ। बरु प्रेमकथा ग्विनेथ पाल्ट्रोको कुलीन भियोला दे लेसेप्ससँगको व्यभिचार हो र टम स्टपार्डले सह–लेखन गरेको यो फिल्मले व्यभिचार तथा लन्डनको हिंसात्मक, रमाइला र होमोइरोटिक वातावरणलाई शेक्सपियरको सृजनशक्तिको इन्जिन बनाउँछ।
यसको ठ्याक्कै विपरीत बीबीसी टू को सिटकम “अपस्टार्ट क्रो” (२०१६–२०२०) मा शेक्सपियर टाउको खुइलिएको, मध्यम उमेरको र घरेलु छन् — एभनको बार्डभन्दा मिस्टर बिनजस्ता, प्रायः हरेक एपिसोड एनी ह्याथवेसँग घरमा बिताउँछन्। कलात्मक सृजनाको रहस्यमय प्रश्नको जवाफमा “अपस्टार्ट क्रो”ले सान्त्वना दिने कुरा प्रस्तुत गर्छ स् नाटक बनाउन गाउँ र सुखी न्युक्लियर परिवार चाहिन्छ।
कुनै अर्थमा यी बहसहरू साहित्यिक गसिपजस्ता लाग्छन्। शेक्सपियरले कोसँग र कसरी प्रेम गरे भन्ने कुरा किन महत्त्वपूर्ण हुनुपर्यो ? तर शेक्सपियरको पहिचान — उनको वैवाहिक र वर्गीय हैसियत, यौनिकता, भित्री विचार र चाहना — माथिको वर्तमान शीतयुद्ध अत्यन्त सांस्कृतिक महत्त्वको छ। “ह्यामनेट” आफूलाई ऐतिहासिक काल्पनिक कृति भन्छ, राजनीतिक दस्तावेज होइन, तर यसको सांस्कृतिक राजनीति नारीवादी प्रयाससँग मेल खान्छ जसले एनीको प्रभावलाई उकास्न खोज्छ, साथै रूढिवादी दृष्टिकोणसँग जसले उनलाई विषमलिङ्गी विवाहित पुरुषको रूपमा कल्पना गर्न रुचाउँछ।
शेक्सपियरको जीवन कल्पना गर्ने यी सबै प्रयासहरू अन्ततः शेक्सपियरका नाटकहरूप्रति निरन्तर मोहको सम्झना गराउँछन्। यदि “ह्यामलेट” अहिलेसम्म लेखिएका महान् नाटकमध्ये एक हो भने त्यो “ह्यामनेट”मा घटेका कुनै घटनाका कारणले मात्र होइन। शेक्सपियरका नाटकहरू अवश्य पनि व्यक्तिगत अनुभवबाट जन्मेका हुन्, तर तिनले “मासुले भोग्ने हजारौं प्राकृतिक आघात” लिन्छन् र कलात्मक सृजनाको कार्यद्वारा तिनलाई अनन्त प्रेरणादायी र विचित्र बनाइदिन्छन्।
एउटा अज्ञात देश जसमा यात्रुहरू भाग्यमानी भएर बारम्बार पुग्न पाउँछन्।
रङ्गकर्मीहरू यी नाटकहरूतर्फ फर्किरहन्छन् किनभने तिनले “जीवनको वास्तविक अर्थ” दिने वाचा गर्दैनन् भन्ने अनलाइन समीक्षकले भनेजस्तो होइन। ठीक उल्टोः “ह्यामलेट” ले शेक्सपियरका सबै कृतिले जस्तै अस्तित्वका अगम्य रहस्यहरूसँग सामना गर्छ। तिनले “अविभाज्य दृश्य” र “असीम कविता” प्रस्तुत गर्छन् — एउटा अज्ञात देश जसमा यात्रुहरू भाग्यमानी भएर बारम्बार पुग्न पाउँछन्।
२८ नोभेम्बर २०२५, ( लिच्टेनबर्ग वाशिङ्टनस्थित शेक्सपियर थिएटर कम्पनीका कलात्मक निर्माता हुन्।)नाटक नै कुरा हो — शेक्सपियरको उदास (र हास्यपूर्ण) डेनले भने झैं — र त्यसलाई प्रेरित गर्ने जीवन अनुभवहरू होइनन्।
न्यूयोर्कटाइम्सबाट
प्रतिक्रिया