काठमाडौं, १२ मंसिर। श्रीलंकामा आएको भीषण बाढीमा ५६ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण ठूलो बाढी र पहिरो आउँदा कम्तीमा ५६ जनाको मृत्यु भएको हो । २१ जना बेपत्ता भएका छन् ।श्रीलंकाको बादुल्ला जिल्लामा गएको पहिरोमा २१ जनाको मृत्यु भएको विपद् व्यवस्थापन केन्द्र ९डीएमसी०ले जनाएको छ ।सामाजिक सञ्जालमा अपलोड गरिएका भिडियोहरूमा घरहरू बगाएको देखाइएको छ । केही वर्षयता श्रीलंकामा भएको सबैभन्दा गम्भीर विपत्तिहरूमध्ये एक भएको बीबीसीले जनाएको छ । प्रभावित परिवारहरूका लागि अस्थायी आश्रयस्थलहरू स्थापना गरिएको छ ।
श्रीलंकामा भीषण बाढी, ५६ जनाको मृत्यु
प्रतिक्रिया