सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा ल क्याम्पसका पूर्वस्ववियू सभापति ढुंगेल पक्राउ

काठमाडौं १० मंसिर। जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियु सभापति विष्णु ढुंगेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
सर्वोच्च अदालत जलाएको आरोपमा यसअघि पाँच जना पक्राउ परेका थिए भने अहिले कुल पक्राउ परेका व्यक्तिको संख्या ६ पुगेको छ।
अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त टोली बनाएर सर्वोच्च अदालत जलाउनेलाई पक्राउ गर्न अपरेशन गरेको छ।
१० मंसिर, काठमाडौं । जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेलले पक्राउ परेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनी पूर्वमाओवादी पार्टीमा आबद्ध थिए । सर्वोच्च अदालत जलाउँदा उनको उपस्थिति देखिएपछि पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।

यसअघि प्रहरीले सर्वोच्च अदालत जलाएको आरोपमा पाँच जना पक्राउ परेका थिए । यो सँगै पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।

सर्वोच्च अदालत जलाउनेलाई पक्राउ गर्न अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले संयुक्त टोली बनाएर अपरेशन सञ्चालन गरेको छन् ।

यसअघि पक्राउ पर्नेमा एलेक्स भनिने कुमार पराजुली, ब्राउन भनिने सुशील श्रेष्ठ र ज्याती थापा घतानी छन् । एलेक्समाथि प्रहरी वृत्त, बानेश्वर तोडफोडमा संलग्न भएको आरोपमा पक्राउ गरेर छानबिन भइरहेका बेला सर्वोच्च अदालतको आगजनीमा समेत उनी संलग्न भएको खुलेको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति