मोरङ, ७ मंसिर । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतमाथि विराटनगर विमानस्थलमा दूर्व्यवहारको प्रयास भएको छ। एमाले नेता बस्नेत सवार गाडीमा प्रदर्शनकारीले बेलुनको लोला र रङ हानेका हुन्। इटहरीमा आयोजित युवा संघको जनजागरण अभियानमा सहभागी हुन श्री एयरको जहाजमार्फत आज बिहान १०स्५० बजेको उडानमा आएका उनीमाथि दुर्व्यवहारको प्रयास गर्ने २ जनालाई पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरुले बस्नेतको विरोधमा नाराबाजी पनि गरेका थिए। प्रहरीका अनुसार विराटनगर महानगरपालिका – २ बस्ने १९ वर्षीय अर्पित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतम पक्राउ परेका हुन्। बस्नेत कार्यक्रमस्थल इटहरीतर्फ लागि सकेका छन्। अहिले अवस्था सामान्य छ । प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।यस अगाडि पनि सिमरामा एमालेका महासचिव शंकर पोखरेल र बस्नेत काठमाडौंबाट जान लाग्दा विमानस्थलमा जेनजीले प्रदर्शन गरेका थिए।
विराटनगरमा महेश बस्नेत चढेको गाडीमा रङ छ्यापियो, दुई जना पक्राउ
प्रतिक्रिया