बढ्यो चिसो, काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसबाट पनि तल झर्‍यो

काठमाडौं, ७ मंसिर । काठमाडौँ उपत्यकामा लगातार चिसो बढिरहेको छ।शुक्रबार ११ डिग्री सेल्सियस रहेको उपत्यकाको न्यूनतम तापक्रम शनिबार एकैचोटि घटेर ८।५ मा झरेको थियो। आज (आइतबार) थप घटेको हो। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले दिएको जानकारीअनुसार आज बिहान ५ः४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ७।८ डिग्री सेल्सियस देखिएको हो। त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे अपडेट गरिनेछ। त्यतिबेलासम्म अहिलेको भन्दा न्यूनतम तापक्रम केही घट्ने सम्भावना हुन्छ।मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम थोरै बढ्छ भने रातभर आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ। मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।मौसमविद्का अनुसार न्यूनतम बिहान ८ः४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५स्४५ बजे मापन गरिन्छ। अब दिनप्रतिदिन चिसो बढ्दै जाने मौसमविद् अधिकारीले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति