काठमाडौं । राजनीतिशास्त्री प्राध्यापक डा.लोकराज बराल नेपाली कांग्रेस धेरै थोत्रो तरिकाले चलिरहेकाले नयाँ गतिका लागि फुट्नु उपयुक्त हुने सुझाव दिएाक छन् । एबीसी टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसँग कुरा गर्दै डा. बरालले प्रजातान्त्रिक आचार, व्यवहार र समयानुकूल नीति बनाउन नसक्ने काँग्रेस कतिदिनसम्म झगडमा रुमलिएर बस्ने ? बरालको प्रश्न छ ।
विवाद मिल्न नसकेपछि शेरबहादुर देउवाले पनि पार्टी फुटाएको दृष्टान्त स्मरण गराउँदै कांग्रेस यथास्थितिमा अघि बढ्न नसक्ने बरालको निष्कर्ष छ ।
एक अर्को प्रसंगमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण राजनीतिक औचित्य समाप्त भएको एमालेले छिटोभन्दा छिटो आत्मसाथ गर्न सक्नुपर्ने बरालको बुझाइ छ । बरालसँग गरिएको विस्तृत अन्तर्वार्ता शानिबार राती ९ बजे एबीसी टेलिभिजनका प्रसारण भएको थियो । अन्तर्वार्ताको लिंक यहाँ छ ।
कांग्रेसीहरु अब मिल्न सक्दैनन्, फुट्नु राम्रोः डा. लोकराज बराल(भिडियो)
प्रतिक्रिया