काठमाडौंमा एमाले युवाको प्रदर्शन, जेनजीको नाममा जहाँ अवरोध, त्यहाँ प्रतिरोध– बस्नेत

काठमाडौं, ५ मंसिर । एमाले नेता महेश बस्नेतले जेनजीको नाममा आफ्ना गतिविधिहरूमा जहाँ अवरोध हुन्छ त्यहा प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।एमालेको युवा दस्ता ‘युथ भोलेन्टियर फोर्स’ घोषणा अघि शुक्रबार बबरमहलमा युवाहरूको प्रदर्शनको नेतृत्व गर्दै बस्नेतले प्रतिवाद गर्ने चेतावनी दिएका हुन् ।
उनले खास जेनजीहरूका माग सम्बोधन एमाले नै गर्ने दाबी गर्दै जेनजी आन्दोलनका घाइते र शहीदहरूलाई न्याय दिन पनि प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने बताए ।‘जेनजीको नाममा जहाँ अवरोध त्यहाँ प्रतिरोध हुन्छ’ उनले भने,’ जेनजीहरूसँग हामी सम्पर्कमै छौं । तर उनीहरूका नाम र ब्यानर भजाएर अरु खालका तत्वहरू सक्रिय रहेको छन् ।’अध्यक्ष केपी शर्मा ओलीले आज फोर्सको केन्द्रीय कमाण्ड घोषणा गर्दैछन् । नेता बस्नेतले पालिका, वडा र टोलटोलमा सुरक्षा दिनका लागि फोर्स बनाइने जानकारी दिए ।‘हामी विभिन्त पेशागत संस्थासँग पनि सहकार्य गर्छौं’ नेता बस्नेतले भने,’अब राष्ट्रिय सम्पत्ति जलाउने तोडफोड गर्ने काम हुँदा हामी टुलुटुलु बसेर हेर्दैनौं ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति