एनपीएल सिजन–२ सुदूरपश्चिमले काठमाण्डुलाई २९ रनले हरायो

काठमाडौं, ३ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोखार्जलाई २९ रनले पराजित गरेको छ । टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाण्डु १६ ओभर ५ बलमा ११८ रनमा समेटियो । काठमाण्डुका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । जोन सिमप्सोन २४, मिलिन्द कुमार ११ र सन्नी पटेलले १० रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अङ्‍कमा रन बनाउन सकेनन् र बलिङमा सुदूरपश्चिमका स्कट कुइगेलेइन, हेमन्त धामी, र हर्मित सिंहले दुईदुई तथा इसान पाण्डे, अभिनास बोहरा र नरेन साउदले एकएक विकेट लिए ।त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि हर्मित सिंहले आक्रामक अर्धशतक प्रहार गरे। उनले २० बलमा ५३ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरी ३५, आरिफ शेख २५, इसान पाण्डेले ११ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।बलिङमा काठमाण्डुका कप्तान करण केसीले सर्वाधिक ४ विकेट लिए। ४ ओभर बलिङ गरेका करणले ३० रन खर्चेर ४ विकेट लिए । पहिलो ओभरमा २ विकेट लिदै करणले सुदूरपश्चिमलाई दबाबमा राखेका थिए । मिनिन्द कुमार, सन्नी पटेल र रसिद खानले दुइदुई विकेट लिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति