काठमाडौं, ३ मंसिर। मधेश प्रदेशसभाको बुधबार बसेको बैठकबाट सभामुख रामचण्द्र मण्डललाई पदमुक्त गरिएको छ।प्रदेशसभाका उपसभामुख बबिता राउत ईशरले सञ्चालन गरेको बैठकमा सभामुखले पद अनुकुल आचरण नगरेको भने प्रस्ताव पेश गरिएको थियो। प्रदेशसभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८२ को उपनियम ९१० बमोजिम सभामुखले पद अनुकुल आचरण नगरेको प्रस्ताव नेपाली कांग्रेसका सांसद कुमरकान्त झाले सदनमा पेश गरेका थिए। सो प्रस्तावमाथि छलफल भएर निर्णयार्थ प्रस्तुत गरिएको थियो। प्रस्तावको पक्ष र विपक्षमा मत विभाजन गर्दा पक्षमा ७६ मत पर्न गएको र विपक्षमा शून्य मत परेको थियो। प्रदेशसभाको कूल सांसद संख्याको बहुमत मत भएको हुँदा उक्त प्रस्ताव पारित भएको र सभामुख मण्डललाई पदमुक्त गरिएको घोषणा ईशरले गरेकी हुन्।
प्रदेशसभाको बैठकमा सरकार पक्षका कसैको पनि सहभागिता थिएन भने एमाले बाहेकका सबै दलले मण्डलको विपक्षमा मत दिएका थिए।
मधेश प्रदेशका सभामुख मण्डल पदमुक्त
प्रतिक्रिया