नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सभा मंसिर ९–२१ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने भएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको नवगठित नेपाली कम्युनिष्ट पार्टीको उपलब्ध पूर्व पदाधिकारीहरूको बैठकले मङ्सिर ९ गतेदेखि प्रदेश, जिल्ला र पालिका तहमा एकता सन्देश सभा गर्ने निर्णय गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले जानकारी दिए ।

उनले पार्टी एकताको सन्देश प्रवाह गर्नका लागि अपिल प्रकाशित गर्ने पनि निर्णय भएको जानकारी दिए । त्यस्तै एकताको सन्दर्भमा विशेष अन्तर पार्टी निर्देशन जारी गर्दै पार्टीलाई एकढिक्का बनाउने निर्णय भएको उनले बताए ।

अन्तर पार्टी निर्देशन जारी गर्दा एकता सन्देश कार्यक्रमको मोडालिटी समेत उल्लेख गरिने जानकारी दिँदै खनालले एकता सन्देश सभाको ब्यानरमा कार्यक्रम गरिने उल्लेख गरे ।

आफूहरूको एकता कसैको विरुद्ध नभई आम जनतालाई जागृत र सङ्गठित गर्दै समाजवादको बाटोको अर्जुनदृष्टिका साथ अघि बढ्ने यात्रा भएको उनले बताए ।

खनालले अशोक राई र उपेन्द्र यादवको पाटीसँग कुराकानी भइरहेको भन्दै केहि अवधिभित्र एकीकृत हुने विश्वास व्यक्त गरे ।

उनले आफूहरूले बनाएको पार्टी सबै पुस्ताको पार्टी भएको भएकाले बुढाहरूको पाटी भन्न नमिल्ने धारणा राखे ।

प्रदेश स्तरीय एकता शन्देश सभा

१. सुदुरपश्चिम प्रदेश स्तरीय एकता शन्देश सभा – मंसिर ९ गते

२. कर्णाली प्रदेश स्तरीय एकता शन्देश सभा – मंसिर १० गते

३.लुम्बिनी प्रदेश स्तरीय एकता शन्देश सभा – मंसिर ११ गते

४. गण्डकी प्रदेश स्तरीय एकता शन्देश सभा – मंसिर १२ गते

५. मधेश प्रदेश स्तरीय एकता शन्देश सभा – मंसिर १३ गते

६. १ नम्वर /कोशी प्रदेश स्तरीय एकता शन्देश सभा – मंसिर १४ गते

७ बागमती प्रदेश स्तरीय एकता शन्देश सभा – पछी मिति तय गरे अनुसार

जिल्ला स्तरिय एकता तथा शन्देश सभा :-

१. बागमती प्रदेशको सबै जिल्ला – मंसिर १३ गते

२. सुदुर पश्चि प्रदेशको सबै जिल्ला – मंसिर १५ गते

३. कर्णाली प्रदेशको सबै जिल्ला – मंसिर १६ गते

४. लुम्बिनी प्रदेशको सबै जिल्ला – मंसिर १७ गते

५. गण्डकी प्रदेशको सबै जिल्ला – मंसिर १८ गते

६. मधेश प्रदेशको सबै जिल्ला – मंसिर १९ गते

७. १ नम्बर /कोशी प्रदेशको सबै जिल्ला – मंसिर २० गते

पालिका स्तरीय एकता शन्देश सभा

१. देशै भरीको पालिकामा एकैदिन – मंसिर २७ गते

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति