मधेशका ५ सांसदलाई पदमुक्त गर्ने सभामुखको निर्णय, एमालेले सबक सिकेन

जनकपुरधाम २८ कात्तिक। मधेशमा सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले पाँचजना सांसदलाई कारबाही गरेका छन् ।

लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले पाँचजना सांसदलाई पदमुक्त गरेका हुन् ।

नागरिक उनमुक्ति पार्टीकी सांसद, उर्मिला देवी सिंह, जसपाका सांसद मनिष कुमार सुमन, सप्तरी, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवारमाथि कारबाही गरेका हुन् ।

संविधानको धारा १८० मा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने सम्बन्धी व्यवस्था रहेको छ । सोही धाराको उपधारा ‘घ’ मा प्रदेश सभालाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेमा प्रदेश सभा सदस्यको स्थान रिक्त हुने व्यवस्था रहेको छ ।

उनीहरूलाई पदमुक्त गरिएको सूचना सभामुखले निकालेका छन् ।

‘संविधानमा मधेश प्रदेश सभा बैठकको अभिलेख अनुसार नेपालको संविधानको धारा १८० यो बमोजिम प्रदेश सभामा लगातार १० (दश) वटा बैठकमा अनुपस्थित रहेका तपशिलमा उल्लेखित माननीय सदस्यहरू मिति २०८२।०७।२७ गते देखि प्रदेश सभा सदस्यबाट पद मुक्त भएको हुँदा निजहरू प्रदेश सभा सदस्यहरुको स्थान रिक्त भएको व्यहोरा प्रदेश सभा कार्य सञ्चालन नियमावाली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा उल्लेख छ ।
भर्खरै भएको जेनजी आन्दोलनपछि पनि मधेश प्रदेश सभामा एमालेले ताण्डव मच्चाएको भन्दै अन्य विपक्षी दल एक भएपछि एमालेले संसदीय आत्मामा प्रहार गरेको आरोप लगाएका छन् ।
त्यो प्रदेशमा प्रदेश प्रमुख एमालेकै भएका कारण केन्द्रको आदेशमा उनले होटलमा मुख्यमन्त्रीलाई सपथ खुवाएपछि वर्तमान सरकारले पदमुक्त गरेको छ । सभामुख समेत एमालेको भएकाले उनले विपक्षी दलहरुमाथि प्रतिशोधपूर्ण कारबाही गरेर जनअक्रोशलाई थप मलजल गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति