सवै कम्युनिस्ट शक्तिलाई समेटेर अघि बढ्छौ – चिरन पुन नेता नेपाली कम्युनिष्ट पार्टी (भिडियो सहित)

काठमाडौं, २६ कात्तिक । नेपाली कम्युनिस्ट पार्टीका नेता चिरन पुनले समाजवादको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन् । एबीसी टेलिभिजनको वाच कार्यक्रममा बोल्दै उनले अहिले देशभर छरिएर रहेका सबै कम्युनिस्ट शक्तिहरूलाई एउटै पार्टीमा आवद्ध हुने दावी गरे । उनले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’लाई समेत एकताको यात्रामा सहभागी हुन अपिल गर्दै भने, “अब व्यक्तिगत अहंकार र साना समूहका सीमित स्वार्थ छोडेर वर्गीय एकता अपरिहार्य छ ।” चिरन सीले देशमा समाजवादी रुपान्तरणको नेतृत्व लिनसक्ने क्षमता नेपाली कम्युनिस्ट पार्टीसँग मात्र रहेको दाबी गर्दै अन्य कम्युनिस्ट नामधारी समूहहरूलाई ‘नाङ्लो पसल’ भन्दै ती सबै बन्द गर्नुपर्ने बताए । उक्त कार्यक्रममा उनले देशभरका श्रमिक, किसान, विद्यार्थी र युवालाई समाजवादी आन्दोलनमा सक्रिय हुनुपर्ने समेत बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति