काठमाडौँ, २२ कात्तिक । नेकपा एमाले का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आसन्न एघारौँ महाधिवेशनमा आफू निर्विकल्प अध्यक्ष बन्ने दाबी गर्दै आन्तरिक असन्तुष्टहरूलाई कडा चेतावनी दिएका छन्। शुक्रबार विद्धतवर्गका बीचमा बोल्दै ओलीले उपाध्यक्ष सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराईलाई लक्षित गर्दै ‘झ्यापु हिर्काउने’ अभिव्यक्ति दिएका छन्।
ओलीले भनेका छन्, “उपाध्यक्ष र सचिव बनाइएकाहरुले भट्टराईहरूले गुटबन्दी गरेर पार्टी बिगार्न खोजे भने झ्यापु हिर्काउँछु, छोड्दिनँ।” उनले पार्टीभित्रका केही साथीहरूलाई ‘बैरी’ को संज्ञा दिँदै भने, “पार्टीका साथीहरूलाई बैरी बनाएर हिँड्नेहरूलाई अब सहनेछैनौँ।”
ओलीले महाधिवेशनमा कसैले पनि आफूलाई रोक्न नसक्ने भन्दै निर्विकल्प नेतृत्वको पक्षमा उभिएका छन्। उनले पूर्व उपाध्यक्ष विद्या भण्डारीलाई संकेत गर्दै भने, “विद्याजी, तपाईंलाई पनि मैले भनेँ – पार्टी एकताबद्ध बनाउनुपर्छ, गुटको राजनीति बन्द गरौँ।”
पार्टीभित्र पछिल्लो समय सुरेन्द्र पाण्डे र योगेश भट्टराईले महाधिवेशनमा नयाँ नेतृत्वको वकालत गर्दै आएका छन्। उनीहरूले ओलीको एकलौटी शैलीको विरोध जनाउँदै आएका छन्।
ओलीको यो अभिव्यक्तिपछि एमालेको आन्तरिक विवाद थप चर्किने अनुमान गरिएको छ। युवा पुस्ताका नेताहरूले ‘जेन प्रोटेस्ट’ को तयारी गरिरहेका बेला ओलीको कडा सन्देशले महाधिवेशनलाई रोचक बनाउने त छँदैछ ।
ओलीले के के भने त हेर्नुहोस् पूरा भिडियो ।
केपी ओलीको कडा सन्देश: सुरेन्द्र पाण्डे र योगेश भट्टराईलाई ‘झ्यापु हिर्काउने
प्रतिक्रिया