कुनै उद्देश्य नभएका सुकरात त भागेनन्, आजको केपी ओली भाग्छ ? पूर्व प्रम ओली

काठमाडौं २१ कात्तिक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश छाडेर नभाग्ने स्पष्ट पारेका छन् ।

एमाले शिक्षा तथा मानवस्रोत विभागद्वारा शुक्रबार काठमाडौंमा आयोजित केपी ओलीसँग अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशीला कार्कीको सरकारलाई फेद न टुप्पोको आकाशबेली सरकार भएको टिप्पणी गरे ।

‘अहिले यो फेद न टुप्पोको सरकार, जरा पनि छैन हाँगा पनि छैन । एउटा पहेंलो लहरो हुन्छ नि एउटा, आकाशबेली जस्तै कहाँबाट पलायो कहाँबाट रु’ उनले प्रश्न गरे, ‘यो आकाशबेली सरकारले हामीजस्तो कमिटमेन्ट भएको मान्छेलाई पासपोर्ट रोक्का गर्छ । के काम गर्छ यसले ?’ उनले मर्नुपरे देशमा मर्ने, कतै नभाग्ने बताए ।

‘केपी ओली भागेर जान्छ रु मर्न परे यस देशमा मर्छ । सुकरात त्यसबेला भागेनन् । आजको केपी ओली भाग्छ । के सोचेको होला ? ’ उनले भने, ‘आफूजस्तै ठानेर पासपोर्ट रोक्का । त्यस जमानामा सुकरात भागेका थिएनन् । उनको कुनै ठूलो राजनीतिक, समाज के के न बनाइहाल्छु भन्ने केही उद्देश्य पनि थिएन र पनि भागेका थिएनन् ।’

उनले प्रश्न गरे, ‘मैले अस्तिनै भनेँ यो हाहुमा बनेको गैरजिम्मेवार कसैप्रति जिम्मेवार नभएको असंवैधानिक सरकारलाई अनुत्तरदायी सरकारलाई देश सुम्पिएर केपी ओली भागेर जान्छ ?’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति