प्रचण्डसँग ८ वर्षे बिदापछि म काममा आएँः गोपाल किराती

काठमाडौँ १९ कात्तिक। देशभक्त मोर्चाका संयोजक गोपाल किरातीले नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको सम्बन्ध विच्छेदको ८ वर्ष पछि फेरी जोडिएको बताएका छन् ।

बुधबार भृकुटीमण्डपमा आयोजित एकता घोषणा कार्यक्रममा किरातीले २०७४ पछि अध्ययन बिदामा बसेको बताएका हुन् ।

‘प्रचण्डसँगको सम्बन्धमा २०७४ मा छुट्यौँ । २०८२ जुट्यौँ । वस्तुगत आवश्यकताको आधारमा ८ वर्षे अध्ययन बिदा सकेर यहाँ जुट्यौँ’, उनले भने, ‘म खुसी र गौरव पनि गर्दछु । यसमा यति अध्ययन गर्‍यौँ । नेपालमा क्रान्ति कसरी गर्ने रु मुख्यतः नेपाल बुझ्नुपर्‍यो । नेपाली विशेषताको समाजवादमा कसरी पुग्नेबारे अध्ययन गरेर म फर्किएको छु ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति