काठमाडौं १९ कात्तिक । माओवादी सहितका १० कम्युनिष्ट घटकको एकतापछि बनेको नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलन सुरु भएको छ।
एकता घोषणाका लागि काठमाडौँको भृकुटीमण्डपमा सम्मेलन यो सुरु भएको हो।

सम्मेलनमा पार्टीका शीर्ष नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालसहित सबै घटकका नेताहरुले संयुक्त रुपमा रिमोर्ट थिचेर सम्मेलनको औपचारिक शुरुवात गरेका हुन्।
सम्मेलनलाई शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेता वर्षमान पुनले जानकारी दिए।

सम्मेलनमा पार्टीको विधान, केन्द्रीय समिति तय गर्ने र निर्वाचन आयोगमा दल दर्ताका लागि आवश्यक निर्णय लिने एजेन्डा तय गरिएको छ।
एकीकृत समाजवादीका बारिष्ठ नेता झलनाथ खनाल पनि एकता सम्मेलनमा सहभागी भएका छन् ।

तर एकीकृत समाजवादीका तत्कालीन महासचिव घनश्याम भुसालले छुट्टै पार्टी गठन गर्ने घोषणा गरेका छन् भने रामकुमारी झांक्री र किसान श्रेष्ठले एमालेमा फर्कने बताएका छन् ।

प्रतिक्रिया