काठमाडौं १८ कात्तिक। विहार विधानसभा निर्वाचनको २ दिनअघि नै नेपाल भारत सीमाक्षेत्र बन्द गरिएको छ । चुनावका बेला गडबडी फैलिने सूचनापछि सुरक्षा एजेन्सीले नेपाल–भारत बोर्डर हाइ अलर्टमा राखेको र ३ देखि ७ नम्बरको सीमा पूरै सील गरिएको भारतीय समाचार एजेन्सीहरूले जनाएका छन् । विहार विधान सभाको निर्वाचनका लागि नोभेम्बर ६ अर्थात बिहीबार मतदान हुँदैछ ।
भारतको सबैभन्दा ठूलो प्रान्तमध्येको विहार चुनावले सिंगो देशको राजनीतिक उथलपुथल समेत गर्ने भएकाले अहिले भारतीय सत्ता राजनीतिका हस्तिहरू विहार केन्द्रित छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी दलका नेता राहु गान्धीले विहारमै अड्डा जमाएर आफ्नो सम्पूर्ण शक्ति लगाएका छन् ।
विहारमा लामो समयदेखि मुख्यमन्त्री चलाइरहेका जनता दल युनाइडेटका नेता नितिशकुमार फेरि एकपटक सोही पदको प्रतिस्पर्धामा छन् । उनलाई नरेन्द्र मोदीको भारतीय जनता पार्टी र रामविलाश पासवानका छोरा चिराग पासवानलगायतको सत्तारुढ गठबन्धनको समर्थन छ ।
टाइम्स अफ इण्डियाका अनुसार पछिल्लो मत सर्वेक्षणमा मुख्यमन्त्री पदमा व्यक्तिगतरूपमा जनताको पहिलो रोजाईमा परेका छन् लालु यादवका छोरा तेजस्वी यादव । उनको पक्षमा ३३ प्रतिशत जनताले मत दिदा नितिश कुमारको पक्षमा २६ प्रतिशतको सर्वेक्षण छ ।
तर गठबन्धनको हिसाबले बिजेपी र नितिश गठबन्धनको धेरै सीट आउने प्रक्षेपण गरिएको छ । भाजपा एक्लैले ७० देखि ८१ सीट जित्दा नितिशको पार्टीले ४१ देखि ४८ सीट जित्ने प्रक्षेपण छ । यो मत सर्वेक्षण २ दिनअघिको हो ।
उता कांग्रेस, कम्युनिस्ट र लालु यादवका छोरा तेजश्वी यादव नेतृत्वको जनता दल युनाइडे पछिल्लो सर्वेक्षणमा केही सीट पछाडि छ । यो गठबन्धनबाट तेजश्वीको पार्टीले ७० देखि ७८ सीट र कम्युनिस्ट पार्टीका तीनवटा घटकले १२ देखि १७ सीट तथा कांग्रेस आइले पनि त्यसकै हाराहारीमा जित्ने सर्वेक्षण छ ।
एनडीए गठबन्धन
भारतीय जनता पार्टी : ७०–८१ सीट
जनता दल युनाइटेडः ४२–४८ सीट
लोक जनशक्ति पापर्टीः ५–७ सीट
अन्य साना क्षेत्री दलः ३–४ सीट
मुख्यमन्त्री- नितिशकुमार- २६ प्रतिशत
महागठबन्धन
राष्ट्रिय जनता दल (लालु यादव): ७०–७८ सीट
भारतीय कम्युनिस्ट पार्टी मालेः १२–१४ सीट
अल इण्डिया कंग्रेस पार्टीः ९–१७ सीट
कम्युनिस्ट पार्टी अफ इण्डियाः २–३ सीट
मुख्यमन्त्री–तेजश्वी यादव ३३ प्रतिशत
प्रतिक्रिया