रक्षा बमको संयोजकत्वमा ३८ सदस्यीय ‘नेपाल जेनजी फ्रन्ट’ गठन (दस्तावेज)

काठमाडौ १४ कात्तिक । जेनजी आन्दोलनकी प्रतिनिधि रक्षा बमको संयोजकत्वमा नेपाल जेनजी फ्रन्टको घोषणा भएको छ।
शुक्रबार अनलाइनमार्फत देशका विभिन्न ठाउँमा रहेका जेनजी प्रतिनिधिहरूलाई समेटेर नेपाल जेनजी फ्रन्टको घोषणा भएको हो।
यसमा ३८ जना समेटेर संयोजन समिति गठन गरेको बमले बताइन्।


‘हामीले आज देशभरिका विभिन्न ठाउँमा बसेका प्रतिनिधिहरूलाई समेटेर नेपाल जेनजी फ्रन्टको घोषणा गरेका छौं। यसमा महिला, विभिन्न संघ संस्था, शुभेच्छु, लैंगिक अल्पसंख्यक समुदायसमेतलाई समेटेका छौं,’ उनले भनिन्, ‘अहिले हामी ३८ जना छौं। यो संख्या बढ्दै जान्छ। हामी यसमा जोडिन अरू युवाहरूलाई पनि आह्वान गर्छौं।’ उनीहरूले दस्तावेज समेत तयार पारी सार्वजनिक गरेका छन्।
दस्ताबेजमार्फत जेनजी विद्रोहमा सबै सहमत हुनेहरूसँग एकताको आह्वान समेत गरेको छ।
‘यस परिवर्तनलाई संस्थागत बनाउन सबै वर्ग र क्षेत्रको सक्रिय सहभागिता अनिवार्य छ। त्यसैले हामी जेनजी विद्रोहमा सहमत सबै साथीहरू, साथे राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम, शिक्षक,प्राध्यापक, बौद्धिक समुदाय, सरकारी कर्मचारी, प्रशासनिक निकाय, व्यवसायिक समुदाय, उद्यमी, श्रमिक वर्ग, कलाकार, लेखक, इन्फ्ल्यन्सर, प्रवासी नेपाली समुदाय र नेपाली नागरिकहरूलाई सहकार्य एकताका लागि हार्दिक आह्वान गर्दछौं,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

जेन–जी विद्रोहको दस्तावेज

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति