आफताब आलम भेन्टिलेटरमा

काठमाडौं, १२ कात्तिक । गत जेठमा कारागारमुक्त भएका कांग्रेस नेता आफताब आलमको गम्भीर रुपमा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ ।पारिवारिक स्रोतका अनुसार उनलाई मुटुको समस्याका कारण हिजो अस्पताल ल्याइएको थियो । जेठमा जेलमुक्त भएपछि ब्रेन स्ट्रोक भएर आलमले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराएका थिए ।ईट्टाभट्टामा जिउँदो मान्छे हालेर हत्या गरेको आरोपमा गत जेठमा उच्च अदालत वीरगञ्जले आलमलाई सफाइ दिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति