बालुवाटार भित्र त्रिपक्षीय वार्ता, बाहिर घाइतेको नाराबाजी

काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जेनजी प्रतिनिधि, सरकार र दलबीच छलफल चलिरहँदा बाहिर एउटा समूहले नाराबाजी गरिरहेका छन् ।आफूलाई घाइतेहरूको एकीकृत समूह बताउने घाइते जेनजीले नाराबाजी गरिरहेका हुन् ।उक्त समूहका एक सदस्य रुपिन खड्काका अनुसारभित्र छलफलमा घाइतेको प्रतिनिधि नभएपछि सरकारको जवाफ माग्दै प्रदर्शन गरेका हुन् ।‘भित्र घाइतेको नाममा को लग्नुभयो थाहा छैन । हामी वास्तविक घाइते त्यहाँ छैनौँ । हाम्रो प्रतिनिधित्व छैन । त्यसैले सरकारको जवाफदेहीता खोज्न साथीहरू त्यहाँ पुगेका हुन्,’ उनले भने ।उनका अनुसार उक्त समूहमा ३०० जनाभन्दा धेरै जोडिएका छन् । त्यसमा राजनीतिक रुपमा सक्रिय भएका ३० जना हाराहारी छन् । ५०० जना कटेपछि भने आधिकारिक रुपमा घाइतेको समूह बनाएर अघि बढ्ने योजना यो समूहको छ ।यही समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई घाइतेको तर्फबाट भन्दै पटकपटक आफ्ना माग पनि राखिरहेको छ ।‘हामीसँग छलफलको लागि भन्दै नाम पनि मागिएन । त्यत्रोपटक भेटेर आफ्नो माग राखिरहेको हाम्रो समूहलाई पनि सहभागी गराउनुपर्थ्यो । यो हेपाइ हो,’ खड्काले भने ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति