राजनीतिक दलसहितको त्रिपक्षीय वार्तामा जेनजीबाट सहभागी को को हुन् ? (सूची)

काठमाडौं १२ कात्तिक । परिवर्तित परिस्थितिमा आगामी चुनावका बारेमा छलफल गर्नका लागि सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भइरहेको छ ।
प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्न लागेको हो । ं

छलफलमा १३ जना जेनजीहरू सहभागी हुँदैछन् । सरकारले आजको छलफललाई त्रिपक्षीय वार्ता भनेको छ ।

छलफलमा सहभागी हुनेहरूमा मोनिका निरौला, रक्षा बम, पुरुषोत्तम यादव, सामना लावती, खेमराज साउँद, उपअर्जुन चाम्लिङ, भोजविक्रम थापा, मिराज ढुंगाना, विवेक दाहाल, जेम्स कार्की, रेहनराज डंगोल, अमित खनाल र राजन रानामगर रहेका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना भएको जानकारी गराएका छन् ।

यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो ।

प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबैपक्ष सकारात्मक भएका थिए ।

यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछिको औपचारिक राजनीतिक संवादले निर्वाचन वातावरण तयार गर्ने अपेक्षा सरकारको छ ।

जेनजी प्रतिनिधिहरू :

मोनिका निरौला

रक्षा बम

पुरुषोत्तम यादव

सामना लावती

खेमराज साउँद

उपअर्जुन चाम्लिङ

भोजविक्रम थापा

मिराज ढुंगाना

विवेक दाहाल

जेम्स कार्की

रेहनराज डंगोल

अमित खनाल

रिजन रानामगर

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति