माधव नेपालको प्रतिवेदन– संसद् विघटन जेनजीको माग होइन, घुसपैठियाले गरे (पूर्णपाठ)


काठमाडौं, १२ कात्तिक । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ ।

झन्डै २५ पृष्ठ लामो प्रतिवेदनमा वर्तमान राष्ट्रियदेखि अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको अवस्था, जेनजी आन्दोलन, अहिलेको चुनौतीसहितका विषय समेटिएका छन् ।

प्रतिवेदनमा अध्यक्ष नेपालले ०८२ फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गराउने घोषणा भए पनि घोषित मितिमा निर्वाचन हुने सुनिश्चित वातावरण बनिनसकेको बताएका छन् ।

ूसरकारले निर्वाचनको वातावरण निर्माण गर्न पर्याप्त पहल गरेको छैन । राजनीतिक दलहरूले पनि निर्वाचन केन्द्रित कार्यक्रम अगाडि सारिसकेका छैनन् । परिस्थिति कसरी विकसित हुन्छ भन्ने निश्चित छैन । तथापि, हामीले लामो संघर्ष र बलिदान गरेर प्राप्त गरेका उपलब्धीहरूलाई गुम्न दिनु हुँदैन भन्नेमा फेरी पनि हामी सचेत हुनुपर्दछ,ू उनले भनेका छन् ।

अध्यक्ष नेपालले जेनजीको माग वर्तमान संविधानको खारेजी र संसद्को विघटन नभएको पनि बताएका छन् । ूउनीहरूको माग लोकतन्त्रको अन्त्य गर्ने नभई लोकतन्त्रलाई अझ बढी जनपक्षीय बनाउने थियो । प्रतिनिधिसभाको विघटन गराउने काम घुसपैठियाहरूले गरे । उनीहरूले यही मौकामा लोकतन्त्रलाई नै समाप्त पार्ने उद्देश्यले संविधान खारेज गराउने र अस्थिरता निम्त्याएर मुलुकलाई असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दै छन्,उनको भनाइ छ ।

आज सुरु भएको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक कात्तिक १४ गतेसम्म चल्नेछ ।

https://drive.google.com/file/d/1nPQjIr9zL18OoyO2VTHjXcKYlSj_Injl/view
  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति