माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

काठमाडौं, ११ कात्तिक । सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता गराएको छ ।सरकारले पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले पाउँदै आएका सुरक्षाकर्मी सबै फिर्ता गर्ने निर्णय गरेको हो ।पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले १६ जना सशस्त्र प्रहरी र २ जना नेपाल प्रहरीको सुरक्षा प्राप्त गर्दै आएका थिए । यसअघि सरकारले पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको पनि सुरक्षाकर्मी फिर्ता गराएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति