काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प शुक्रबार साँझ एशियाको ६ दिने भ्रमणमा निस्केका छन् । यो ६ दिनको यात्रामा उनले मलेसिया, जापान, दक्षिण कोरिया हुँदै चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय बैठक गर्नेछन्। मुख्य उद्देश्य भनेको अमेरिका–चीन दुवै देशलाई हानि पुर्याइरहेको व्यापार युद्ध समाप्त गर्न सम्झौता गर्नु हो। अमेरिकाभित्र भने अशान्ति चर्किएको छ । उनले ल्याटिन अमेरिकामा विमानवाहक जहाज पठाएका छन् भने क्यानाडासँग व्यापार वार्ता रोकेका छन्, ह्वाइट हाउसको इष्टविंग लथालिंग परेर सङ्घीय सरकार बन्द गराएको न्यूयोर्क टाइम्सले लेखको छ।

अमेरिका भित्रका धेरै शहरमा राष्ट्रिय गार्ड तैनाथ गरेका छन्। तर राष्ट्रपति ट्रम्प यी सबै छोडेर कूटनीतिक भूमिकामा प्रस्तुत हुन लागेको भन्दै अमेरिकी मिडियामा आलोचना देखिन्छ ।
ट्रम्पले चीनसँग व्यापार, फेन्टानिल तस्करी र रेअर अर्थ खनिज निर्यातबारे कुरा गर्नेछन्। “उनीहरूले ट्यारिफ घटाउन चाहन्छन्, हामी उनीहरूबाट केही चाहन्छौँ।” उनल भनेका छन् । नोभेम्बर १ मा चीनमाथि १५७ प्रतिशत ट्यारिफ लाग्ने तयारी गर्दैगर्दा यो शीर्ष बैठक हुन लागेको हो । अमेरिकी किसानहरूले सोयाबिनमा चिनियाँ ट्यारिफका कारण ठूलो नोक्सानी बेहोरिरहेका छन्। तर ट्रम्पले पहिलो प्रश्न फेन्टानिलबारे सोध्ने बताएका छन्।
सहयोगी देशहरू जापान र दक्षिण कोरियालाई ट्रम्पको ट्यारिफ नीतिले असर परेको छ। उनीहरू चाहन्छन् – अमेरिका क्षेत्रमा दीर्घकालीन सुरक्षा साझेदार बन्नेछ भन्ने आश्वासन। उत्तर कोरियाले हालै क्षेपणास्त्र परीक्षण गरेर थप तनाव बढाइदिएको छ।यो भेटका क्रममा उनले मलेसियामा शान्ति सम्झौता र जापानमा नयाँ प्रधानमन्त्री सानाए ताकाइचिसँग भेट गर्नेछन् । विशेषज्ञहरू भन्छन् – यो बैठकले अमेरिका–चीन सम्बन्धको भविष्य निर्धारण गर्न सक्छ। यदि असफल भयो भने ट्रम्पले थप ट्यारिफ लगाउन सक्छन्। घरेलु अशान्तिले भने उनको विदेश नीतिलाई कमजोर बनाइरहेको छ।
प्रतिक्रिया