काठमाडौँ, ६ कात्तिक । २३ र २४ भदौमा भएको दुई दिने जेन–जी आन्दोलनका अगुवाहरूले जेन–जी समूहरूबीच एकताको अपिल गरेका छन्।
जेन–जी युनाइटेड परिवर्तन समूहले जेन–जी आन्दोलनका शहीदहरूको सम्झना काठमाडौंको माइतीघरमण्डलमा आयोजना गरेको सामूहिक भाइटीका कार्यक्रममा अगुवा र अभियन्ताहरूले एकताको अपिल गरेका हुन्।
‘जेन–जी एक नभए शहीदका आत्मा भौतारिइरहन्छन्। घाइतेका हृदयहरू कहिल्यै निको हुने छैनन र नेपाल आमाका आँखामा आँशु कहिल्यै सुक्ने छैन’ लेखिएको ब्यानर प्रदर्शन गर्दै उनीहरूले जेन–जीको एकता भाँड्न प्रयास भइरहेको चर्चा गरे।
‘शहीदका सपना साकार पार्न जेन–जी आन्दोलनमा एकताको अनिवार्यता रहेको भन्दै उनीहरूले शहीदका रगतले लेखिएको इतिहास खेर जान दिन नहुने बताए।
शहीदको नाममा स्वार्थको खेल हुन सक्ने आशंका व्यक्त गर्दै उनीहरूले शहीदका सपना साकार पार्नु बाँचेकाहरूको कर्तव्य रहेको सन्देश लेखिएका प्लाकार्ड बोकेर प्रदर्शन गरेका थिए।
हभागी अधिकांशले नेपाली झण्डा शरीरमा ओढेका थिए। कार्यक्रममा शहीदहरूका लहरै राखिएका तस्वीरहरूमा भाइटीका लगाई सम्झना गरिएको थियो।
कार्यक्रममा शहीद परिवार, घाइते, जेन–जी अगुवा, अभियन्ता लगायत उपस्थित थिए।
प्रतिक्रिया