७७ वटै जिल्लालाई गृहको ६२ बुँदे निर्देशन

काठमाडौं, २ कातिक । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई ६२ बुँदे निर्देशन जारी गरेको छ।आइतबार सचिवस्तरीय निर्णय गरी ६२ बुँदे निर्देशन जारी गरेको हो।
शान्ति सुरक्षा, अपराध नियन्त्रण, निर्वाचन, सुशासन र प्रभावकारी सेवा प्रवाह, विकास व्यवस्थापन, कारागार प्रशासन र विपद व्यवस्थान लगायत सम्बन्धी निर्देशन जारी गरिएका छन्।प्रशासनले कुनै पनि प्रदर्शन गर्नुपूर्व पूर्वस्वीकृति लिने व्यवस्था गर्न निर्देशन जारी गरेको छ। हिंसात्मक र कुनै पनि पक्षलाई उत्तेजित नहुने गरी शान्तिपूर्ण तरिकाले गर्ने वातावरण मिलाउन पनि निर्देशन दिइएको छ।त्यस्तै हतिया तथा खरखजाना फिर्ता ल्याउन सुरक्षा निकायहरूले कार्ययोजना बनाएर संयुक्तरूपमा सेक्युरिटी अपरेशन संचालन गर्ने र नियन्त्रणमा लिन निर्देशन दिएको छ।राष्ट्रिय अन्तर्राष्ट्रिय प्रभाव पार्ने, अपराध नियन्त्रण र शान्ति सुरक्षामा गम्भीर असर पर्ने घटनाहरू तत्कालै जाहेर गर्न पनि भनिएको छ।त्यस्तै निर्वाचनको वातावरण बनाउन पनि निर्देशन दिइएको छ। सुरक्षा निकायहरूबाट समन्वयात्मक रूपमा निर्वाचन सुरक्षा लक्षित पेट्रोलिङ बढाउने भनिएको छ।निर्वाचन विरोधी गतिविधि तथा भूमिगत समूहले गर्ने क्रियाकलापहरूको पहिचान गर्न र नियन्त्रण गर्न पनि निर्देशन जारी गरेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति