काठमाडौं, १ कातिक । अघिल्ला तीन वर्षमा जस्तै यो वर्ष पनि कार्तिक कृष्ण चतुर्दशीको दिन नै लक्ष्मीपूजा मनाइँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कात्तिक ३ गते बिहान कुकुरपूजा गर्न र साँझमा लक्ष्मीपूजा गर्न निर्देश गरेको छ ।
सामान्यतया कार्तिक कृष्ण त्रयोदशीको दिन बिहान कागपूजा, चतुर्दशीमा कुकुरपूजा र भोलिपल्ट औँसीको राति ९साँझ०मा धनधान्यकी देवी लक्ष्मीको पूजा गर्ने परम्परा छ। समितिको सिफारिसमा प्रकाशित २०८२ सालको पञ्चाङ्गमा कात्तिक ३ गते सोमबार २२ घडी ११ पला अर्थात् दिउँसो २ बजेर ५९ मिनेटसम्म चतुर्दशी छ। त्यसपछि औँसी लाग्छ। भोलिपल्ट ४ गते मंगलबार २५ घडी ५३ पला अर्थात् अपराह्न ४ बजेर २९ मिनेटसम्म औँसी छ।
त्यसो भए औँसीमा सूर्योदय हुने दिन लक्ष्मीपूजा नगरेर किन चतुर्दशीमा सूर्योदय भएको दिन लक्ष्मीपूजा गर्न निर्देश गर्यो त समितिलेरु ‘लक्ष्मीपूजा औँसी रहेको मध्यरातमा गर्न शास्त्रको निर्देश छ’, अध्यक्ष प्रा। शम्भुप्रसाद ढकाल भन्छन्, ‘मंगलबार औँसीमा सूर्योदय भए पनि रातिसम्म रहँदैन। औँसी सोमबार राति नै पर्ने भएकाले त्यसै दिन लक्ष्मीपूजा गर्न भनिएको हो।’
अघिल्ला तीन वर्ष लगातार यस्तै परेको थियो। तिथि बिचमै सकिने र लाग्ने गर्दा ७९, ८० र ८१ मा पनि बिहान कुकुरपूजा र साँझ लक्ष्मीपूजा गरिएको थियो।
तिथि दिनको बिचमा पूरा हुने र नयाँ लाग्ने कारण लक्ष्मीपूजा मात्र होइन पूरै तिहार नै प्रभावित भएको छ। पाँच दिनको भनिने तिहार ६ दिनको भएको छ। तर बिचमा ५ गते खाली भएको छ । अध्यक्ष ढकालका अनुसार ४ गते मंगलबार औँसी तिथिका दिन तिहारका कुनै पनि कर्म गरिने छैन। गाई–गोरुपूजा, गोवर्धनपूजा र बलिपूजा ५ गते बुधबारका दिन गरिनेछ। भाइटीका ७ गते बिहीबार लगाइनेछ।
प्रतिक्रिया