आपराधिक मानसिकताका व्यक्तिहरूले जेनजी आन्दोलनलाई हिंसात्मक बनाए : गृहमन्त्री

काठमाडौं, ३१ असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले आपराधिक मानसिकताका व्यक्तिहरूले जेनजी आन्दोलनलाई हिंसात्मक बनाएको बताएका छन्। शुक्रबार ७० औं प्रहरी दिवसका अवसरमा प्रहरी मुख्यालय नक्सालमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा गृहमन्त्री अर्यालले जेनजीको आन्दोलनमा आपराधिक मानसिकताका व्यक्तिहरुले सरकारका महत्वपूर्ण प्रतिष्ठान, व्यापारिक प्रतिष्ठानलगायत निजी सम्पतिमा तोडफोड, आगजनी तथा लुटपाट गरेर आन्दोलनलाई नै हिंसात्मक बनाएको बताएका हुन्।

प्रहरीमाथि आक्रमणका साथै हातहतियार तथा सुरक्षा उपकरणको लुटपाटपछि नागरिक सहभागितामा भएको मर्मत र पुनर्स्थापनाले प्रहरी नागरिक स्पन्दनमा बसेको संगठन हो भन्न सत्य स्थापित भएको उनले बताए । गृहमन्त्री अर्यालले सरकार सदैव प्रहरीको साथमा रहेकाले उच्च मनोवलका साथ नागरिकको चाहनाअनुसार प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिए।

उनले मुलुकको समृद्धि र सुशासनको आधार नै सुदृढ आन्तरिक सुरक्षा भएको र यसैको जगमा कानुनी शासन, मानवअधिकारको संरक्षण र अन्य विकासका आधारहरू निर्माण हुने गरेको जिकिर गरे। प्रविधिसँग प्रभावकारी मिश्रण गरी नयाँ प्रकारका अपराधका घटनालाई न्यूनिकरण गर्न प्रहरी तयार हुनुपर्ने उनको भनाइ छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति