प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

मंगलबार बिहान सर्वोच्चमा प्रतिनिधि सभा विघटनबारे रिट परेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

उनका अनुसार सरकार असंवैधानिक रहेको भनेर एउटा र प्रतिनिधि सभा विघटनविरूद्ध दुइटा रिट परेको छ।

ुरिट अध्ययनकै क्रममा छ। अध्ययनपछि बाँकी प्रक्रिया अगाडि बढ्छ,ु प्रवक्ता कोइरालाले भने।

भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालत पूर्ण जलेको छ।

त्यसकारण त्यसयता सर्वोच्चले नयाँ मुद्दा लिएको थिएन।

झण्डै ८० प्रतिशत मुद्दाका मिसिल जलेका थिए। पुराना मुद्दा तत्काल अघि बढाउन नसकिने अवस्थामा सर्वोच्च अदालतले मंगलबारदेखि नयाँ मुद्दा हेरेर अघि बढाउन लागेको हो।

नयाँ मुद्दा बढाउने भनेको पहिलो दिन नै सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरूद्ध मुद्दा परेको हो।


जेनजी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो। प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही रात राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति